प्रदेश

मन्त्री वली प्रकरण: कार्यदलले लियो पीडित र प्रहरीसँग जानकारी




दाङ, ९ असार ।
स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले गठन गरेको कार्यदलले तुलसीपुर पुगेर घटनाबारे सरोकारवालाहरूसँग आवश्यक जानकारी लिएको छ। दाङ आएको उक्त कार्यदलको टोलीले बुधबार सरोकारवालाहरूसँग आवश्यक जानकारी लिएर बिहीबार बिहान फर्किएको छ।आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आफूहरु तुलसीपुरमा आएर घटनाबारे पीडित पक्ष र प्रहरी अधिकारीसँग सोधपुछ र छलफल गरेको बताए।
घटनाबारे सत्यतथ्य अध्ययन गर्न उक्त टोली मंगलबार दाङ आएको थियो। ‘हामीले सम्बन्धित पक्षसँग बुझ्ने काम गर्‍यौं। घटना भएको घरमै पुगेर पीडित र प्रहरीसँग पनि कुराकानी गरिएको छ,’ उनले भने।

समय सीमाभित्रै घटनाबारे प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने उनले बताए । गत जेठ ३१ गते बिहान लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित बसपार्क नजिकैको एकराज बस्नेतको घरमा पुगेकी थिइन्।

एकराजकी श्रीमती मीना भण्डारी बस्नेतले मन्त्री वली आफ्नो घरभित्रै पसेर आफू र छोरीमाथि कुटपिट तथा दराजलगायत सामग्रीमा क्षति पुर्‍याएको भन्दै उजुरीसमेत दिएकी थिइन्। यो घटनापछि गत असार १ गते बसेको मन्त्रिपरिषद बैठकले सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।

गत भदौमा मीनाका श्रीमानसमेत रहेका वाइसिएलका नेता एकराज बस्नेत र राज्यमन्त्री वली बीचको प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक भएको थियो। राज्य मन्त्री वलीले आफूले एकराजलाई सापटीबापत दिएको रकम लिन उनको घरमा जाँदा आफूलाई फसाउन खोजिएको बताएकी छन्।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६