अर्थ-वाणिज्य

टिकाउ बनाउन नसक्ने भए संरचना नवनाउन सुझाव




कपिलवस्तु ७ असार ।नगरपालिको कमजोर विकास संरचना अव जनताले सहन नसक्ने बाणगंगाका सरोकावालाले सुझाएका छन् । उनीहरुले टिकाउ बनाउन नसक्ने भए संरचना नवनाउन सुझाव दिएका हुन् । वाणगंगा नगरपालिकामा योजना निर्माण गरेर निश्चित मापदण्ड तयार गर्दै काम गर्न सरोकारवालाले सुझाएका हुन् । नगरपालिकाले गरेका कतिपय विकास निर्माणका कामहरु टिकाउ नभएकाले निश्चित मापदण्ड तय गर्दै विकास निर्माणको कामलाई अगाडी बढाउन सुझाव दिएका हुन् । वाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि मंगलबार सरोकारवालासंग राखेको सुझाव संकलन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा सुझाव राख्दै प्रदेश सांसद विष्णु पन्थीले वाणगंगा नगरपालिकालाई प्रदेश तथा देशकै उत्कृष्ट नगरपालिका बनाउनुपर्ने भन्दै कपिलवस्तुमा रुपन्देहीमा भन्दापनि बढी स्रोत र साधन रहेको बताउनुभयो ।रुपन्देहीमा निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय बिनास्थलबाट कपिलवस्तुवासीले पनि भरपुर आर्थिक लाभ लिन सक्ने भन्दै वाणगंगाको अबको नीति तथा कार्यक्रममा त्यो विषयवस्तुलाई पनि समेटनुपर्ने बताउनुभयो ।‘भैरहवामा संचालनमा आएको विमानस्थलबाट देशलाई जति लाभ हुन्छ त्यो भन्दा बढी लुम्बिनी प्रदेशलाई, अझ बढी हामी वाणगंगाबासीले पनि लाभ लिन सक्छौ त्यसका लागि नगरपालिकाले लगानी भित्राउनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्यो उहाले भन्नुभयो ।’ यस्तै सांसद पन्थीले पुरागर्न नसक्ने महत्वकाक्षीं योजनाहरु नीति तथा कार्यक्रममा समावेश नगर्न सुझाव दिनुभएको छ ।

यसका साथै वाणगंगामा भैरहेको अतिक्रमणलाई नियन्त्रण गर्नुपर्नेमा उहाको जोड छ ।कार्यक्रममा बोल्दै संबिद्यानसभा सदस्य विश्राम प्रसाद थारुले वाणगंगा नगरपालिकामा रहेका स्रोतको पहिचान गर्दै यहाँका खोलानालाहरुको उचित ब्यवस्थापन गर्न सुझाव दिनुभयो । नगरपालिकामा केहि ठाँउमा अनावश्यक बजेट खर्च भएको भन्दै विकास निर्माणका काममा शशक्त भएर लाग्न आग्रह गर्नुभयो ।यसैगरी निर्वतमान मेयर मंगल प्रसाद थारुले बाहिर जति भन्न सजिलो भएपनि पदमा बसेर काम गर्न भने गाह्रो भएको भन्दै अब आफु मेयरमा नदोहोरिने बताउनुभयो । नगरपालिकामा राम्रो काम गर्ने जनप्रतिनिधीलाई आफुको सधै साथ र सहयोग रहने पनि उहाको भनाई छ ।

कार्यक्रममा सल्लाह तथा सुझाव राख्दै नेकपा एमाले वाणगंगाका नगर अध्यक्ष युवराज पोख्रेलले जिल्लाकै उत्कृष्ट तथा मुख्य ब्यापारिक केन्द्र वाणगंगालाई भनिएपनि यँहा एउटा बसपार्क नहुनु दुखद भएको भन्दै अबको नीति तथा कार्यक्रममा बसपार्कको विषयलाई समावेश गर्न आग्रह गर्नुभयो । पोख्रेलले पछिल्लो समय नगरमा सडक लगाएत विभिन्न कारण दुर्घटना बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । यसका साथै चोकचोकमा खानेपानिको ब्यवस्था गर्न सकेमा यसले बाटोमा हिड्ने बटुवा तथा यात्रुहरुलाई सहज हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगरसभापति विष्णु थापाले वर्षौ देखि नगरपालिकामा विभिन्न समस्याहरु उठेपनि अहिलेसम्म समाधान हुन नसकेको बताउनुभयो । नगरपालिकामा गरिवी, सुकुम्बासी लगाएत धेरै समस्या रहेको भन्दै त्यो समस्यालाई समाधान गर्ने गरी आगामी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो । वाणगंगामा कृषकले उत्पादन गरेको बस्तुहरुको बजारी करण हुन नसक्दा धेरै कृषम मर्कामा परेका छन् यसका साथै, मल, सिचाईको समस्यापनि ब्याप्त रहेकाले यसलाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।यस्तै कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव कमल भट्राइले विकास निर्माणको काम गर्दा पर्यावरणलाई सन्तुलित राख्नुपर्नेमा जोड दिनुभयो । युवा नेता भट्राइले नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई महत्वका दिदैँ आगामी नीति तथा कार्यक्रममा लउनुपर्ने बताउनुभयो ।

यसका साथै नगरपालिकाले नगरभरीका श्रमजिवीको संख्या एकिङ गर्दै उनिहरुले पाउने ज्याला के कस्तो छ र राज्यले निर्धारण गरेको न्यूनतम ज्याले पाएका छन कि छैनन् भन्ने बारे जानकारी लिनुपर्ने र निश्चित ज्याला नदिने कम्पनी तथा उद्योगलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।यस्तै कार्यक्रममा नेकपा नेता गणेश चौधरीले नगरपालिकाले काम गर्दा गुस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । बरु थोरै काम गर्ने तर काम भने गणस्तरीय हुनुपर्ने बताउनुभयो । नगरपालिकाले निर्माण गरेका बाटो तथा पुलहरु केहि महिनामै भत्किने गरेकाले निश्चित मापदण्ड ल्याउन सुझाव दिनुभयो ।

कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, वडा नम्बर ९ का निर्वतमान वडा अध्यक्ष धुर्व बेल्वासे, पत्रकार अशोक पौडेलले बोल्दै छाडा पशुचौपायाको ब्यवस्थापन, लागुऔषधको नियमन तथा नियन्त्रणमा, मिडियामा एकरुपता दिन सुझाव दिनुभएको थियो । नगरप्रमुख चक्र अर्यालको अध्यक्षमामा भएको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत टेकराज पन्थीले आर्थिक वर्ष २०७८/७९ को बजेट तथा खर्च विवरण आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, नगरका जनप्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६