खोज–अनुसन्धान

बालसुधार गृहमा आक्रमण डिएसपी घाइते




काठमाडौँ, ७ असार । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण हुँदा डीएसपी घाइते भएका छन् ।बालगृहका किशोरहरुलाई सार्ने तयारी गरिएपछि त्यसको विरोधमा १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीको प्रवेश रोक्दै आक्रमण गरेका हुन् ।

आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका प्रहरीले जनाएको छ ।किशोरहरुले सुधार गृहको सिसा समेत फुटाएका छन् ।६० जना क्षमताको सुधार गृहमा १०६ जना बढी राखिएको छ ।स्थानीयले बाल सुधार गृहका किशोरहरुको व्यवहार अमर्यादित बनेको भन्दै निवेदन दिएपछि स्थानान्तरणको तयारी गरिएको बताइएको छ ।भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६