अर्थ-वाणिज्य

झ्याप्प झ्याप्प बत्ती गएपछि विद्युत प्राधिकरणमा तालाबन्दी




तुलसीपुर ६ असार । लामो समयदेखि विद्युत् झ्याप्प झ्याप्प जान थालेपछि उपभोक्ता मारमा परेको भन्दै स्थानीय युवाले तुलसीपुरस्थित विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएका छन्। स्थानीय युवाले विद्युत् प्राधिकरण कार्यालयका प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाएका हुन्। कार्यालयको मूल ढोकामा ताला लगाएसँगै कर्मचारी र कार्यालय प्रमुख कार्यालयको भवनभित्रै थुनिएका थिए। केही समयदेखि विनाजानकारी पटक पटक विद्युत् जाने गर्दा आम उपभोक्ताले निकै सास्ती भोग्नुपरेको भन्दै तुलसीपुरका युवाले ताला लगाएका हुन्।
विभिन्न बहानामा अघोषित लोडसेडिङ गर्नुभन्दा तालिका प्रकाशित गरी तथा सूचना जारी गरी विद्युत् कटौती गर्न आग्रह समेत गरेका छन्। यसअघि प्राधिकरणमा देखिएको समस्यालाई तत्काल समाधान गरी विद्युतीय सेवा नियमित गराउन ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको र त्यसको कुनै सुनुवाइ नभएकाले बाध्य भएर कार्यालयमा ताला लगाउनुपरेको तुलसीपुर–६ निवासी युवा वसन्त गिरीले बताए। उनले विद्युत् प्राधिकरणको चरम लापर्वाहीका कारण उपभोक्तालाई समस्या भएको भन्दै आफूहरूको मागको सुनुवाइ नभएपछि ताला लगाएको पनि बताए।

प्रकाशित : ६ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६