प्रदेश

चिल्ड्रन्ज प्याराडाइसको अभिभावक अभिमुखीकरण एवं अन्तरक्रिया




कपिलवस्तु, ०४ असार ।
चिल्ड्रन्ज प्याराडाइस इङ्ग्लिश बोर्डिङ्ग हाइ स्कुल बोडगाउँले अभिभावक अभिमुखीकरण एवं अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बालवालिकाहरुलाई अभिभावकिय भुमिका कस्तो हुनुर्पछ र बालबालिकाको भविष्य कस्तो बनाउने भन्ने विषयमा अन्तर्रक्रिया गरिएको हो । विद्यार्थिका आन्तरिक क्षमता लाइ बाहिर प्रस्पुटन गराउनको लागी अभिभावकको अहम भुमिका रहेकोले २ सय बढि अभिभावकको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक विष्णु अर्यालले विद्यालयमा यस्ता प्रशिक्षण कार्यक्रमलाइ निरन्तरता दिन सके मात्र विद्यालय र अभिभावकको सम्बन्ध समधुर हुने बताउनु भयो । विद्यालयका प्रवन्ध निर्देशक विष्णु प्रसाद अर्यालको अध्यक्षता तथा प्रिन्सीपल केसब सापकोटाको संचालनमा सम्पन्न भएको अभिमुखीकरण तथा अन्तरक्रियामा मुक्तिनाथ गैरेले प्रशिक्षण गराउनु भएको थियो । कार्यक्रम पिस हिमालय रिसोर्ट ठाकुरापरुमा सम्मपन्न भएको हो ।

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६