खोज–अनुसन्धान

हरेकका घरघरमा एकाविहानै पत्रिका पुरयाउने रमेश रहेनन्




कपिलवस्तु ३ असार । बिगत ढेड दशक भन्दा बढी सयय देखि तौलिहवामा पत्रिका बितरणमा सक्रिय रहेका कपिलवस्तु नगरपालिका वडा नम्बर(२ निवासी रमेश कुर्मिको असामयिक निधन भएको छ । । आज विहान बसपार्कमा पुगेर पत्रिका ल्याएका रमेशले मेडिकलवाट औषधी समेत लिएको आएको उहाकी दिदीले वताउनु भयो । सायद उच्च रक्तचापको औषधी हुनु पर्छ नुहाएर खाने भन्दै नुहाउन पुगेका रमेश त्यहि बिचमा ढलेको र ढल्नासाथ मुखवाट खुन आएको उहाले वताउनु भयो । कपिलवस्तुको तौलिहवामा जेजति पत्रिका पुग्थे ती सबैको एकामत्र वितरण (हकर )का रुपमा रमेशले काम गर्नु हुन्थ्यो । उहाको निधनपछि अस्पतालमा पुगेर बुद्ध दर्पण दैनिकका प्रबन्ध निर्देशक लक्ष्मण् बेल्वासे र प्रेसपाटी अनलाइनका प्रधान सम्पादक भेषराज पाण्डेले घर परिवारलाई भेट गर्दै समबेदना प्रकट गर्नु भएको छ । मृतक रमेश प्रति अन्तिम श्रद्धाञ्जली समेत प्रकट गर्नु भएको छ । रमेश बुद्ध दर्पन दैनिकको शुरुवाटै अहिले सम्म वितरक हुनु हुन्थ्यो ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६