अर्थ-वाणिज्य

सरकारले बिभेद गरेको भन्दै रुपन्देहीका स्टिल उद्योगीहरु आन्दोलित




भैरहवा ३ असार ।सरकारले बजेटमार्फत स्पञ्ज आईरनको आयत गर्दा लाग्ने भन्सार दर तथा अन्तःशुल्क छुट गरि आफुहरुलाई बिभेद गरेको स्टिल उद्योगीहरुले गुनासो गरेका छन् । सरकारको विभेदकारी र असहयोगी नीतिका भएको र यसले यँहाका स्टिल उद्योगी विस्थापित हुने अवस्थामा पुगेको भन्दै रुपन्देहीका स्टिल उद्योगी र कामदार आन्दोलनको चरणमा पुगेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले सिमित उद्योगीलाई फाइदा पुग्ने गरी बजेटमा करको दर तय गरेको भन्दै यँहाका उद्योगी र उद्योगमा काम गर्ने मजदुरहरुले भैरहवामा ¥याली गरि बिरोध गरेका हुन् । उद्योगीका अनुसार आर्थिक वर्ष २०७९÷०८० को नयाँ बजेट मार्फत अर्थमन्त्री शर्माले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क थपिदिएका छन् । तयारी पदार्थमा मात्र अन्तःशुल्क लाग्ने अन्तरराष्ट्रिय प्रचलन रहि आएकोमा अहिले अर्थमन्त्रीले कच्चा पदार्थमा पनि अन्तःशुल्क थपेको बताउँदै उनीहरुले यसको बिरोध गरेका छन ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६