खेलकुद

असार ४ गते कपिलवस्तु भलिवल संघको अधिवेशन हुने, उद्घाटनमा मास्के आउने




हरि घिमिरे, ०२ असार ।
कपिलवस्तुु भलिवल संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा असार ४ गते हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा न. ८ मा पर्ने जिल्ला खेलकुद विकास समितिको सभाहलमा अधिवेशन तथा साधारण सभा हुने भएको हो । जसको उद्घाटनमा नेपाल राष्ट्रिय भलिवल संघका केन्दीय उपाध्यक्ष निरज मास्के आउनु हुने भएको छ । तेस्रो अधिवेशनले जिल्ला कार्य समिति चयन गर्ने जनाईएको छ । अधिवेसनकालागि जिल्ला खेलकुद विकास समितिले पुर्ण तयारि गरेको छ । भलिबलको लोकप्रियता, जहाँसुकै खेल्न सकिने माटो सुहाउँदो हुनुको विशेषता, तुलनात्मक रूपमा अन्य खेलभन्दा सस्तो र जोसिलो भएकाले यो खेलको सम्भावना नेपालमा राम्रो छ । राज्यले राष्ट्रिय खेलको मान्यता त्यही सम्भावना मध्यनजर गरेर दिएको थियो । उसै लोकप्रिय खेलले राष्ट्रिय खेलको मान्यता पाएपछि नेपाली भलिबलको उचाइ र स्तर झनै बढ्ने धेरैको विश्वास थियो ।
तर, भलिबल हाँक्ने चालकहरूको कमजोर सुझबुझ तथा व्यक्तिगत स्वार्थकेन्द्रित गतिविधिका कारण यो खेल जहाँको त्यहीँ छ । अझ पछाडि धकेलिँदै छ भन्न पनि धेरै हिच्किचाउनु पर्दैन । संस्थागत रूपमा भलिबल विकासको गति अझै कछुवाकै जस्तो छ । प्रशासनका साथै कोर्टमा पनि निरीह रूपमा प्रस्तुत हुँदै आएको भलिबलमा अहिले पदाधिकारीबीच चहलपहल भने ह्वातै बढेको छ । अधिवेसन तथा साधारण सभामा महिला तथा पुरष भलिवलका करिव २ सय भन्दा बढिको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव मिन प्रसाद पोख्रेलले बताएका छन् ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६