खोज–अनुसन्धान

अस्पतालको डस्टविन भित्र नवजात शिशुको शव




कपिलवस्तु १ असार। कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालको कर्मचारीले प्रयोग गर्ने शौचालयमा नवजात शिशुको शव फेला परेको छ । बिहान ९ः३० बजे ईनडोर रुमको (बिरामी भर्ना गर्ने कक्ष) शौचालयको डस्टविनभित्र फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
अन्दाजी ७ महिनाको नवजात शिशु सालनालसहित डस्टविनमा फेला परेपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जेसी शाहले बताउनुभयो । घटनास्थलको मुचुल्का उठाएर अस्पतालमा रहेको सीसीटिभी फुटेज निकालेर अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६