खेलकुद

त्रिकोणात्मक सिरिज : नेपालले आज अमेरिकासँग खेल्ने




जेष्ठ २८
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शनिबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाबीचको खेल टेक्सासको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ।
अघिल्लो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदान उत्रिँदैछ। घरेलु टोली अमेरिका भने आज दोस्रो जितको खोजीमा हुनेछ। अमेरिकाले यो सिरिजको पहिलो खेलमा ओमानलाई ११४ रनले पराजित गरेको थियो।
जारी लिगमा ओमान ३४ खेलबाट ४२ अंक जोडेर शीर्ष स्थानमा छ। नेपाल १३ खेलमा जम्मा १२ अंक जोडेर अन्तिमबाट दोस्रो स्थानमा छ। विश्वकप लिग–२अन्तर्गत सिरिजमा ७ टोली सहभागी छन् ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६