खेलकुद

आज कुवेतविरुद्ध गोल गर्ला त नेपाली टोलीले?




जेष्ठ २८
काठमाडौं : नेपालका लागि कुवेतसँगको फुटबल सम्बन्ध जति ऐतिहासिक छ त्यति नै खल्लो पनि। कुवेतविरुद्ध नेपालको राम्रो नतिजा सन् २०१९ मा भएको मैत्रिपूर्ण खेल हो, जसमा बराबरी भएको थियो।
नेपालले सन् १९८२ देखि हालसम्म कुवेतविरुद्ध आठपटक प्रतिस्पर्धा गर्दा सातवटामा नेपालले पराजय भोगेको छ। अर्थात् नेपालले कहिले पनि कुवेतलाई हराउन सकेको छैन ।
कुवेतसँग पहिलो अन्तर्राष्ट्रिय गोल गरेको नेपालले ४० वर्ष भएको छ। त्यसयता नेपाल जितको खोजीमा मात्र होइन कुवेतविरुद्ध गोलविहीन बन्दै आएको छ। नेपालले कुवेतसँग ३० गोल बेहोरेको छ।
वाईबी घलेले सन् १९८२ मा गरेको गोल नै कुवेतविरुद्ध नेपालको एक मात्र गोल हो। उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो।
एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोटअन्तर्गत दोस्रो खेलमा शनिबार घरेलु टिम कुवेतविरुद्ध मैदान उत्रिँदा स्वाभाविक रूपमा इतिहास बनाउनुपर्ने चुनौती छ। खेल कुवेत सिटीस्थित अल जबर अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ।
छनोटको समूह ‘ए’ मा रहेको नेपाल यसअघि पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। नेपालले छनोटको अन्तिम खेलमा ३१ जेठमा इण्डोनेसियासँग खेल्ने तालिका छ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६