अन्तर्राष्ट्रिय

एक खेलअघि नै पाकिस्तानले जित्यो वेस्ट इन्डिजसँगको एकदिवसीय शृङ्खला




जेठ २८,
काठमाण्डौ – वेस्ट इन्डिजसँगको एकदिवसीय शृङ्खला घरेलु टोली पाकिस्तानले जितेको छ । मुल्तान क्रिकेट मैदानमा गएराति भएको दोस्रो एकदिवसीयमा वेस्टइन्डिजलाई एक सय २० रनले हराउँदै पाकिस्तानले एक खेलअघि नै शृङ्खला जितेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । उसका बाबर आजमले सर्वाधिक ७७ रन बनाएर । इमाम उल हक ७२ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसैनले तीन, एन्डरसन फिलिप र अल्जारी जोशेफले दुईरदुई विकेट लिए ।
जितका लागि दुई सय ७६ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ३२ ओभर दुई बलमा एक सय ५५ रनमा अलआउट भयो । वेस्टइन्डिजका शम्राह ब्रुक्सले सर्वाधिक ४६ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले चार विकेट लिए । त्यस्तै मोहम्मद वासिम जुनियरले तीन, सादब खानले दुई र शाहिन अफ्रिदीले एक विकेट लिए ।
पाकिस्तानले पहिलो एकदिवसीयमा वेस्टइन्डिजलाई पाँच विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम एकदिवसीय खेल भोलि आइतवार हुनेछ ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६