प्रदेश

बागमती प्रदेशसभास् एमालेको विरोध पछि १० मिनेटका लागि स्थगित



जेठ १९,

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

एमालेले प्रदेशका मख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरीत नदिएको भन्दै मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरूलाई दबाब दिएको तथा ३ जना कर्मचारीहरूको सरुवा समेत गरेको भन्दै विरोध गरेको हो ।

बैठक सुरु भए लगत्तै एमालेका सांसदहरूले आ–आफ्नो बेञ्चबाट उठेर विरोध जनाएका थिए । उनीहरुले सो विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । बैठकमा पार्टीको तर्फबाट सो विषयमा धारणा राख्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले सुशासनका कुरा गरेर नथाक्ने वर्तमान सरकारका मुख्यमन्त्रीले आफ्नै गृह जिल्लाको कृषि फर्मलाई अनुदान नदिएको भन्दै कर्मचारीहरूलाई कार्यविधि विपरीत काम गर्न दबाब दिएको र कर्मचारीले काम गर्न नमाने पछि सरुवा गरेकाले यस्तो गम्भीर प्रकृतिको विषयमा सरकारले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । उनले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै विरोध गरेका छन् ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६