खोज–अनुसन्धान

प्रचण्डले कांग्रेसलाई किन दिए कडा चेतावनी ?




काठमाडौं१९ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँगको असन्तुष्टि सार्वजनिक गरेका छन्। माओवादी केन्द्रले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरणमा प्रचण्डले कांग्रेसलाई एमालेसँग तुलना गरेर अभिव्यक्ति दिएका हुन्।
हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हामीले राम्रो उद्देश्यका साथ गरेका हौँ नि। तर, यति धेरै अहङ्कार आयो त्यसको लिडरसीपमा सबै हामी नै हो भनेजस्तो गर्‍यो, हामी त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो। अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ,कांग्रेसलाई चेतावनी दिँदै प्रचण्डले भनेका छन्।स्थानीय तह निर्वाचनमा कांग्रेसले अङ्हकार देखाएको भन्दै प्रचण्डलगायतका नेताहरुले भागबन्डाकै बेलामा पनि असन्तुष्टि जनाउने गरेका थिए। गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले पनि सार्वजनिक समारोहहरुमै कांग्रेसले अहङ्कार देखाउन थालेको भन्दै आफूलाई कमजोर नठान्न चेतावनी दिने गरेका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न भएर गठबन्धनमा चुनावी समीक्षा चलिरहेका बेला प्रचण्डले कांग्रेसप्रति गरेको टिप्पणीलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

किन दिए चेतावनी?
प्रचण्डले स्थानीय तह निर्वाचनमा कांग्रेसले आफूहरुलाई कमजोर सोचेर प्रदेश र प्रतिनिधि सभाको चुनावमा ुठेगानुलगाउने रणनीति बनाए एमालेकै ठाउँमा पुर्‍याउने बताएका थिए। आफ्नो साथ एमालेका अध्यक्ष केपी शर्मालाई नभएपछि सत्ता र जनाधार गुमाउनुपरेको प्रचण्डको बुझाइ छ।हामी चिन्तित छौँ यतिबेला, फेरि कांग्रेस पनि एमाले जस्तै अहङ्कार र दम्भ चुलिएर माओवादी केही होइन स्थानीय तहमा पनि धेरै जसो ठाउँमा ठेगान लाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरि एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई लाउने दिन नआओस् भन्ने छ,प्रचण्डले कांग्रेसलाई चेतावनी दिँदै भने।

स्थानीय तह निर्वाचनमा भागबन्डा मिलाउँदा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा जितेका ठाउँमा सम्बन्धित दललाई दिन र एमालेले जितेका ठाउँमा गठबन्धन गरेर अघि बढ्न देउवालाई प्रचण्डले प्रस्ताव गरेका थिए। तर, उक्त प्रस्तावमा कांग्रेसका नेताहरुले समर्थन नजनाएपछि प्रचण्ड कांग्रेसकै रणनीति अनुसार गठबन्धन गर्न बाध्य भएका थिए। माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले नेपाली कांग्रेसले माओवादीको भोट लिने तर माओवादीलाई भोट नदिएको देखिएकाले प्रचण्डले उक्त अभिव्यक्ति दिएको बताए। तर,अबका निर्वाचनमा गठबन्धन नहुने भन्नेबारे भने प्रचण्डले आफ्नो धारणा नराखेको गजुरेलले बताए।उनले भने,गठबन्धन नहुने भन्ने कुरै छैन्। ओलीजी रहेसम्म गठबन्धन हुन्छ। तर, कांग्रेसले पैँचो तिरेन। यो कुरा मैलै आफैँले पनि भोगेँ नि त। त्यही भन्नुभएको हो अध्यक्षले।

पौडेलको जवाफः हार्न तयार छौं

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रचण्डको अभिव्यक्ति आएलगतै ट्वीटरमार्फत् जवाफ फर्काएका छन्। इतिहासमा कांग्रेस धेरै पटक हारेको तर देश र जनता बचाउने काम गरेको पौडेलको भनाइ छ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६