खोज–अनुसन्धान

तिलोत्तमाको मेयरमा कांग्रेसका खाण र उपमेयरमा एमालेकी चौधरी बिजयी




रुपन्देही १३ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन्।सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले हराएका हुन्।खाणले २४३९६ मत ल्याएर विजयी हुँदा चापागाईंले २३ हजार ६३१ मत ल्याए। खाण नेपाली कांग्रेस रूपन्देहीका सभापति हुन्।उपमेयरमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भइन्।
एमाले रूपन्देहीकी उपाध्यक्षसमेत रहेकी चौधरीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी माओवादी कन्द्रका हेमलाल पाण्डेलाई दोब्बरभन्दा धेरै मतले हराइन्।यसअघि पनि उपमेयर निर्वाचित भएकी चौधरीले २३८६ मत पाउँदा माओवादी केद्रका पाण्डेले ११५४६ मत पाए। २०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरे तिलोत्तमाका मेयर निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा पनि रामकृष्ण खाण नगर प्रमुखका उम्मेदवार थिए। तर उनी घिमिरेसँग पराजित भएका थिए।
तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाण र एमाले नेता घनश्याम भुसालको गृहनगर हो। नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाण गृहमन्त्री खाणका सहोदर भाइ हुन्।१७ वडा रहेको तिलोत्तमामा एमालेले ८ र नेपाली कांग्रेसले ९ वटा वडा जितेको छ। कुल मतदाता ८५ हजार सात सय ४७ रहेकामा निर्वाचनमा ६३ हजार ५८८ मत खसेको थियो।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६