प्रदेश

कपिलवस्तुका ५ पालिकामा सोमवारबाट हैजाविरुद्धको खोप अभियान सुरु हुँदै




कपिलवस्तु, १२ जेठ । कपिलवस्तु जिल्लामा हैजा विरुद्धको खोप अभियान सुरु हुदै छ । हैजाबाट बचौं र बचाऔं भन्ने अभियानका साथ जिल्लाका पाँच स्थानीय तहमा जेष्ठ १६ गतेबाट हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन खोप दिइने भएको छ  । जिल्लाको वाणगङ्गा ,बुद्धभुमि ,कपिलवस्तु, मायादेवी र शुद्धोधनका सबै वडाहरुमा खोप अभियान सुरु गरिनेछ । खोप एक बर्ष माथिका सम्पूर्ण गर्भवति ,सुत्केरी लगायत सबैले खान मिल्ने जिल्ला जनस्वास्थय कार्यलय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनु भयो ।
पहिलो र दोस्रो चरणको खोप सेवन गरे पछि पाँच बर्ष सम्म हैजा तथा झाडापखला लाग्नबाट बच्न सकिने पाण्डेको भनाई छ। जिल्लाका ५ पालिकामा पहिलो चरणको १४ दिन पछि दोस्रो चरणको खोप अभियान सुरु हुने छ । पहिलो र दोस्रो चरणको खोप अभियान असारको ७ गते सम्म सम्पन्न गर्ने लक्ष्य स्वास्थ्य कार्यलय कपिलवस्तुको रहेको छ ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६