खोज–अनुसन्धान

तिलोत्तमाको मतगणना अन्तिम चरणमा :१४ वटा वार्डको नतिजा आयो ३को बाकी



बुटवल १२ जेठ ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणना अन्तिम चरणमा आउँदा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाणले ८४५ मतले अग्रता कायम गरेका छन्।मतगणनाको सुरुदेखि नै कांग्रेसका खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार खाणले २३ हजार ३२२ मत पाउँदा एमालेका चापागाईंले २२ हजार ४७७ मत पाएका छन्। २०७४ को निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्।

उपप्रमुखमा भने सुरूदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरी अगाडि छिन्। उनले २२ हजार १६ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई दोब्बर मत अन्तरले पछाडि पारेकी छिन्। पाण्डेले ११ हजार २६ मत ल्याएका छन्।तिलोत्तमामा जम्मा ६४ हजार मत खसेकोमा अहिलेसम्म ६१ हजार ७१५ मत गणना भएको छ। वडा नम्बर ७, ८ र ९ को मतगणना जारी छ। जसमध्ये वडा नम्बर ७ र ८ मा एमालेको अग्रता छ भने ९ मा कांग्रेसको अग्रता छ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा वडा नम्बर १, ४, १०, ११, १२ र १५ मा नेकपा एमालेले जितेको छ भने वडा नम्बर २, ३, ५, ६, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६