प्रदेश

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने



काठमाण्डाै, १२ जेठ । सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ ।

महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तालिममा पालिकाका काम, कर्तव्य र अधिकार तथा व्यावहारिक समस्या र समाधानका विषयमा जनप्रतिनिधिलाई प्रष्ट पारिने मन्त्रालयको भनाइ छ । सङ्घीय मामिला मन्त्रालय र प्रदेश सरकारसँगको सहकार्यमा तालिम हुन लागेको सूचनामा उल्लेख छ ।

प्रदेश १ र सुदूरपश्चिमका जनप्रतिनिधिलाई जेठको २५ र २६ गते, मधेस, गण्डकी र कर्णाली प्रदेशका जनप्रतिनिधिलाई जेठको २७ र २८ गते तथा बाग्मती र लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई जेठको ३० र ३१ गते तालिम दिइने मन्त्रालयले जनाएको छ । 

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६