प्रदेश

सरकारको नीति तथा कार्यक्रम ‘अर्थ न बर्थ गोविन्द गाई’ हरे रामः ओली



काठमाण्डौ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र भएको टिप्पणी गर्नु भएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले नीति तथा कार्यक्रम सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण रहेको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रममा राम्रा राम्रा शब्द खोजेर राखेको तर ती शब्दका अर्थ नै थाहै नभएको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाई जस्तै छ । ’ उहाँले सत्ता पक्षलाई षडयन्त्रको गठबन्धन समेत भन्दै कटाक्ष गर्नु भएको छ ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६