अर्थ-वाणिज्य

तिलोत्तामामा खाणको अग्रता कायमै : चारवडाको परिणाम आउन वाँकी




बुटवल १२ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन्।अहिले सांझ ६ः०० बजे गणना भएको ५५हजार १९४ मतको परिणाम सार्वजनिक गर्दा खांण ८२५ मतान्तरले अगाडी छन्। २२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडी रहेका खाणले पछिल्लो पटक सार्वजनिक भएको नतिजामा २०हजार ८सय ५४ मत पाएका छन्।उनलाई नेकपा एमालेका उम्मेद्वार मोहन चापागाईंले २० हजार २९ मतका साथ पछ्याई रहेका छन्।तर उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर मतले अगाडी छन्।

चौधरीले १९ हजार ६६८ मत पाउदा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ९ हजार ७५७ मत पाए।तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३,४,५,६,१०,११,१२,१३,१४,१५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ।ति वडा मध्ये वडा नं १,४,१०,१२ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३,५,६,१३,१४ १६ र १७ मा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ। अहिले नगरपालिकाको ७,८,१० र ११ नम्बर वडा को मतगणना जारी छ। तिलोत्तमा नगरपालिकामा ६४ हजार ७०२ मत खसेको थियो ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६