प्रदेश

जगदिशपुरमा बनबाटिका निर्माण, ताललाई बर्ड सेन्चुरीका रुपमा विकासः अध्यक्ष गुरुङ

वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ताा लिन घरमै ई रेक्सा



पार्वती पाण्डे

कपिलवस्तु, ११ जेठ।कपिलवस्तु नगरपालिका वडा नं ९ को सपथ ग्रहण पछिको वडा समितिको पहिलो वैठकले दुई महत्वपुर्ण निर्णय गरेको छ । वैठकले पर्यटकिय गन्तब्य बनेको वडामा जगदिशपुर बनबाटिका निमार्ण गर्ने निर्णय गरेको छ । जगदिशपुरमा रहेकोखानेपानी आयोजनको दक्षिण सडकको पुर्व रहेको सगरहवा सामुदायिक वनको जग्गामा त्यहाँ रहेका बोट विरुवाको संरक्षण गर्दै जगदिशपुर बनबाटिका निमार्ण गर्ने निर्णय गरेको हो । वडामा रहेको महत्वपुर्ण पर्यटकिय स्थल जगदिशपुर ताललाई वर्ड सेन्चुरीका रुपमा विकास गर्ने निर्णय गरेको वडा अध्यक्ष दिपक गुरुङले बताउनु भयो । रामसार क्षेत्रमा सुचिकृत जगदिशपुर जलाशय चराचुरुंगीहरुका लागि प्रख्यात रहेको सो स्थानलाई वर्ड सेन्चुरीका रुपमा विकास गर्नाले यस क्षेत्रको पर्यटनमा ठुलो टेवा मिल्ने अध्यक्ष गुरुङले बताउनु भयो ।
यसै विच वडा अध्यक्ष गुरुङले वडाका सबै नागरिकहरु सँग संवाद गर्नु भएको छ । संवादका क्रममा नागरिकले जगदिशपुरको विकास गर्नु पर्ने , वडाभित्रका सबै सडकहरु पिच गर्नु पर्ने , शुद्ध खानेपानीको व्यवस्था हुनु पर्ने , विद्यालयमा शिक्षाको गुणस्तर राम्रो हुनु पर्ने , किसानका समस्या समाधान हुनु पर्ने , युवालाई रोजगार दिनु पर्ने लगायतका सबाल राखेको थिए । सबालहरुको जवाफ दिदै वडा अध्यक्ष गुरुङले जगदिशपुरलाई समृद्ध वडा बनाउने , सबै नागरिकको सुझाव लिने , समन्वय र सहकार्य गर्दै वडालाई नमुना वडाको रुपमा विकास गर्ने बताउनु भयो । नालीको व्यवस्थापन गर्दै सडक बिस्तार गरिने छ । दुर्घटना न्युनिकरण गर्न ट्राफिक सँग समन्वय गरि सडकमा जेब्रा क्रसिङ बनाइने छ । वृद्धवृद्धाहरुलाई सामाजिक सुरुक्षा भत्ता लिन सहजताका लागि घर घरमा ई रेक्सा पठाइने छ । जसका कारण ज्येष्ठ नागरिकले सजिलो सँग आफ्नो पाएक पर्ने स्थानबाट सामाजिक सुरक्षा भत्ता लिएर जाने छ न ।

उहाँले अगाडि भन्नु भयो,पाँच वर्षमा वडाबासीको जनजिवीकामा परिवर्तन ल्याउनेछु ।जगदिशपुर ताललाई पोखराको फेवाताल भन्दा उत्कृष्ट तालको रुपमा विकास गर्नेर स्थानीयको जनजिवीकामा परिवर्तन ल्याउने गरि काम गर्ने उहाँले बताउनु भएको छ । वडाभित्रको सार्वजनिक जग्गा जमिनको उपयोग गरी सार्वजनिक पार्क , वगैचा , खेलकुद स्थल , पिकनिक स्थलका रुपमा संरचनाहरु निर्माण गरिने छ ।लम्वुसागर क्षेत्रको पुरातात्कि जमिन लुम्विनी विकास कोषले अधिग्रहण गर्ने प्रकृया शुरु गरेकाले आसपासमा रहेका भूमिहिन सुकुम्वासीको ब्यवस्थापना विना उक्त कार्य अघि नवढाउने सुनिश्चितता गर्ने ,जगदिशपुर ताललाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा विकसित तुल्याउदै सिमसार क्षेत्र समेतको जगेर्ना गर्ने ।

कृषिमाथि किसानको निर्वाह मुखी निर्भरता रहेकोले यसलाई ब्यावसायीकरण र एक गाउँ एक पकेट क्षेत्रका रुपमा विकास गरी कृषि उत्पादकत्व बढाउने उमेदवार गुरुङले बताउनु भएको छ । एकघर एक धाराको अभियान पुरा गर्ने,सबैलाई शुद्ध पिउने पानी उपलब्ध गराउने जनाइएको छ। जगदिशपुर तालको पानीवाट आसपासको क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने काम विशेष रुपमा गर्ने र नदी कटानलाई नियन्त्रण गर्ने , जरलैयाको दाहसस्कार घाटलाई ब्यवस्थित तुल्याउने बताइएको छ ।जगदिशपुरमा वनेका सामुदायिक भवन र टावरको पूर्णता र संचालनको पहल गरिने भएको छ । हरनामपुर गाउँ र नहरको वाटो एवम कुश्मा बनकसीयाको वाटो कालोपत्रे गर्ने ,वडाभित्रका सबै गाउँ सम्मको वाँकी वाटो कालोपत्रे गरिने छ ।जहदी-जगदिशपुर-लम्वुसागर -निगालीकोट -जहदी रिङरोडमा पर्यटकीय यातायात संचालन गर्ने र .जगदिशपुरमा संचालीत थारु होमस्टेलाई ब्यवस्थित पार्न आवश्यक आर्थिक तथा भौतिक सहयोग वडाका तर्फवाट उपलब्ध गराउने उमेदवार गुरुङले प्रतिवद्धता जनाउनु भएको छ ।
को हुन गुरुङ ?
२०१३ साल चैत्रमा वुवा हर्षवहादुर गुरुङ , आमा भुवनेश्वरी गुरुङको जेठो सन्तानका रुपमा पोखरामा जन्मिनु भएका गुरुङ २०४० सालबाट कर्मभुमीको रुपमा कपिलवस्तुको जरलैयामा बस्दै आउनु भएको हो ।सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आउनु भएका गुरुङ २०५४ सालको स्थानीय चुनावमा सुर्य चिन्ह्र लिएर स्वतन्त्र उम्मेदवारको रुपमा निग्लिहवा गाविस अध्यक्ष जितेका पाका अनुभवी नेताको रुपमा चिनिनु हुन्छ । त्यस अघि समेत २०४३ सालमा गाउँ पञ्चायतको अध्यक्ष समेत हुनु भएको थियो । शुरुमा तेनुवा माझर फेटराट रहेको गाउँलाई २०४३ सालमा आफ्नै पहलमा तत्कालिन जिल्ला विकास समितिमा राजा विरेन्द्रलाई भेटी निग्लिहवा नामाकरण गर्न सफल भएको जनाउनु भयो । २०५० सालमा माओवादीकै कारण लामो समय काठमाण्डौ बस्दै आउनु भएको गुरुङ पुनः जरलैया आफ्नो गाउँ फर्किएर जनताको सेवामा लाग्ने संकल्पका साथ नेकपा एमालेबाट चुनाबमा होमिएर जित हासिल गर्नु भएको थियो ।

यस पटक अर्थात् २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा एक हजार ४५ मत ल्याएर विजयी हुनु भएको थियो । उहाँको निकटतम प्रतिद्धन्दी जसपाका र कांग्रेसका देबेन्द्र कुमार पोख्रेलले ल्याएर तेस्रो स्थान हासिल गर्नु भएको थियो । सुशासनलाई जोड दिदै विकासको मोडल बनाउने नेताको रुपमा उहाँलाई जनताले लिने गरेको होटलव्यवसायी गोपाल के.शी. बताउनु हुन्छ । अब जगदिशपुरमा विकासले फड्को मार्छ भन्नेमा जनता आशावादी रहेको उहाँ बताउनु हुन्छ ।
वडा अध्यक्ष गुरुङलाई स्वागत
कपिलवस्तु नगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपक गुरुङ लगायत निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमाले वडा कमिटिले एक कार्यक्रमका विच आइतवार स्वागत गरेको छ । वडा अध्यक्ष गुरुङलाई फुल माला अबिरले स्वागत गरिएको थियो । उक्त कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य हिरालाल पौडेल , एमालेका युवा नेताहरु देवराज पाण्डे , पार्वती पाण्डे , रिसब पौडेल लगायतले बोल्दै वडाको राम्रो विकास गरि फरक पहिचान दिन वडा अध्यक्ष गुरुङलाई आग्रह गर्नु भएको थियो ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६