अर्थ-वाणिज्य

शितगंगा नगरपालिकाकी उपमेयर गितालाई बाणगंगामा स्वागत




कपिलवस्तु १० जेष्ठ । शितगंगा नगरपालिकाकी उपमेयर गिता विसीले बाणगंगामा आफूले न्यानो स्वागत पाउदा शितगंगाको शिर अझ उच्च भएको महशुस गरेको वताउनु भएको छ । उपमेयरमा विजय भएपछि वाणगंगा नगरपालिकामा रहेका आफना क्षेत्रका मतदाता, आफन्त र शुभेच्छुकले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उपमेयर विसीले आफनो जीतलाई पार्टी र जनताको जीत भएको बताउनु भयो । उहाँले अर्घाखाँचीको शितगंगा र वाणगंगा एक आपसका जोडिएको हुँदा पनि यहाँको विकासमा आफुले सहकार्य गर्ने बताउनुभयो । उपमेयर विसीले वाणगंगाबासीसंग आफनो भावनात्मक सम्वन्ध संगै आर्थिक सामाजिक सम्बन्ध स्थापित भएकाले आफुले यस क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निर्वाचनमा झिनो मतले मेयरमा हारेपनि समग्र शितगंगामा आफनो पार्टीले बहुमत हासिल गरेकाले निर्वाचनमा उत्सापूर्वक सहभागीता जनाई नेकपा एमालेलाई मतदान गरी विजय गराउने मतदाता, शुभेच्छुक, पार्टी कमिटि सवैलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ । उहाँले राजनीतिमा धैर्य र त्याग हुनुपर्ने बताउदै सवैको घरघरमा पुग्न नसकेपनि सम्पूर्ण मतदाताको हौसला, माया र सद्भावलाई आफुले कहिल्यै नभुल्ने बताउनुभयो ।विसीले आफु उपमेयरमा जितेपछि थप जिम्मेवारी वोध गराएको बताउनुभयो ।

उहाँले हाम्रो कामलाई जनता माँझ देखिनेगरी र पार्टीको संकल्प र विश्वाललाई पुरागर्ने समेत बताउनुभयो । नेकपा एमाले वाणगंगा नगर कमिटिको कार्यालय चारनम्बरमा आयोजित कार्यक्रममा नगर अध्यक्ष युवराज पोखरेलले बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्यद्धय विश्व कार्की, भेषराज पाण्डे, नगर इन्चार्ज शंकर पाण्डे, उपाध्यक्ष मुक्त बहादुर कार्की, नगर सदस्य अमित पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६