अर्थ-वाणिज्य

कार्यपालिका चुनाव : कपिलवस्तु नगरमा कांग्रेस -जसपा गठबन्धन




कपिलवस्तु १० जेठ। कपिलवस्तु नगरपालिका नगर कार्यपालिकाको ८ जना सदस्यकालागि हुने निर्वाचनमा कांग्रेस र जसपा बिच गठबन्धन भएको छ । दुबै पाटी मिलेर कार्यपालिका सदस्य निर्वाचनमा जाने निर्णय भएको हो । सोमवार तौलिहवामा दूइ पार्टीका नेताहरु बिच भएको बैठक पछि कार्यपालिको निर्वाचन मिलेर चुनाव लडने सहमति भएको कांग्रेसका नगर सभापति खुर्सेद अहमद खाले बताए । ८ जना सदस्यकालागि हुने निर्वाचनमा दुबैले चार चार जना सदस्य लिने गरी सहमति भएको हो ।
८ सदस्य मध्ये ५ जना निर्वाचित महिला सदस्य तथा ३ खुलाबाट अल्पसंख्य वा दलति मध्येबाट ल्याउने नियमत छ । कांग्रेसले ३ महिला र एक पुरुष सदस्य पाउने गरी सहमति बनेको छ । यस्तै जसपाले २ महिला र २ अल्प संख्यक वा दलीतबाट सदस्य पाउने गरी सहमित बनेको हो । २२ सदस्यीय कार्यपालिकामा ८ जना सदस्य निर्वाचित भएर आउनेछन भने २ वडाध्यक्ष, एक नगर अध्यक्ष र एक नगर उपाध्यक्ष सदस्य रहनेछन ।
यस्तै कार्य पालिकालको सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहने प्रावधान छ । नगरपालिकाबाट नगर प्रमुख, उप प्रमुख वाडध्यक्ष, वडा सदस्य गरी कुल ६२ नजा निर्वाचित भएर आएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेले बताए । जेठ ८ गते नै नगर कार्यपालिकाको निर्वाचन प्रकृया सुरु भइस्केको उनले बताए । जेठ ८ गते मतदाताको नामावली प्रशासन भईसकेको छ । यस्तै जेठ १० गते उम्मेदवारको मनोनय पत्र दर्ता हुने छ भने जेठ १५ गते निर्वाचन हुनेछ । निर्वाचित भएर आएका मध्ये २ जना जसपाबाट, २१ जना कांग्रेस, १८ जना एमाले र एक जना लोसपाबाट निर्वाचित भएर आएका छन । कांग्रेस र जसपा मिले स्पष्ट बहुमत हुनेछ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६