कृषि

गोपाल थापाले बनाए लुम्विनीमा पहिलो रेकर्ड




कपिलवस्तु ८ जेठ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा अध्यक्षमा निर्वाचित गोपाल थापाले लुम्विनी प्रदेशकै हकमा एउटा वडावाहेक सबै वडा एमालेलाई जिताएर पहिलो रेकर्ड बनाएकाछन्। अहिले सम्म सिंगो पालिकामा एउटा वडा वाहेक सबै वडा एउटै पार्टीले जितेको समाचार सार्वजनिक भएको छैन। यस अघि एउटा वडामा स्वतन्त्र सहित सबै वडा जितेका थापाले यसपाली एक वडामा जसपा वाहेक सबै वडा जितेर बिजयनगरलाई लुम्विनीमै एमालेको सबै भन्दा बलियो लाल किल्ला वनाएकाछ्न।

निर्वाचन कार्यलय विजयनगरद्धारा घोषित नतिजा अनुसार विजयनगरमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी थारु निर्वाचित भएका हुन् । थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पाटीका जानकी प्रसाद यादवले ५ हजार ३३४ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित थारु ४ हजार ९३० मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी जसपाकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८४९ मत प्राप्त गरिन् । २०७४ सालमा पनि थापा र थारु निर्वाचित भएका थिए । विजयनगर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित छ वटा वडा जितेको छ ।

यता पाँच दलिय गठबनधनको घोषित र अघोषित मोर्चा बन्दीको यस्तो बेलामा एउटा वडा वाहेक सबै वडामा एमालेलाई जिताएको भन्दै एमाले कपिलवस्तुका इन्चार्ज बलराम अधिकारी र जिल्ला अध्यक्ष डम्मर शर्माले बिज्ञप्ती नै जारी गरेर निर्वाचित अध्यक्ष गोपाल थापा र एमाले विजयनगर गाउकमिटीलाई बधाई तथा कृतज्ञता प्रकट गरेकाछन् ।

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६