प्रदेश

विजयनगरमा एमालेको सुरुवाती अग्रता, पछ्याउँदै जसपा



वाणगंगा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको मतगणना जारी छ । शुक्रबार रातिदेखि जारी मतगणनामा नेकपा (एमाले)का उम्मेद्वार गोपाल थापाले सुरुवाती अग्रता लिएका छन् ।

६ सय १९ मत गणना गर्दा एमालेका उम्मेद्वार थापाले २ सय ८१ मत ल्याएका छन् ।

जसपाका उम्मेद्वार जानकारी यादवले थापालाई पछ्याएका छन् । यादवले १ सय ७६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेद्वारले ८७ मत पाएर तेस्रो स्थानमा छन् ।

यता उपाध्यक्ष तर्फ पनि एमालेकी उम्मेद्वार अगाडी छन् । एमालेकी उम्मेद्वार लक्ष्मी चौधरीले २ सय २६ मत पाएकी छिन् । जसपाकी उम्मेद्वारले १ सय ४४ मत पाउँदा कांग्रेसकी उम्मेद्वारको मत १ सय १६ छ ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६