कपिलवस्तु ३० बैशाख । निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ । यसबारेमा आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने तयारी गरेको छ । देशैभर खसेको मतको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । यसअघि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताउनुभयो । यता कपिलवस्तुमा ७० प्रतिशत बढी मत खसेको निर्वाचन कार्यलय कपिलवस्तुले प्रारम्भीक अनुमान गरेकोछ । मुख्य निर्वाचन अधिकृत तेज प्रसाद सापकोटाले सबै भन्दा बढी खसेकोमा ८९ प्रतिशत सम्म खसेको र सबै भन्दा कम ६० प्रतिशत सम्म मतदान भएको वताउनु भयो । औषत निकाल्ने काम वाकी रहेको उहाको भनाइ छ । मतगणना आज रातीवाटै हुने वताइएको छ
३० बैशाख २०७९, शुक्रबार
प्रतिक्रिया