प्रदेश

काठमाडौं, दाङ र हेटौंडामा विस्फोट




काठमाण्डौ, ३० वैशाख ।
निर्वाचन बहिष्कार गर्दै आएका विभिन्न समूहले आज बिहानबाट भएको मतदानलाई प्रभावित बनाउने गरि विभिन्न स्थानमा विस्फोट र विस्फोटनको प्रयास गरिएको छ । सोही क्रममा आज बिहान २ बजेको समयमा नयाँ भवनस्थित संसद भवन नजिकै बम विस्फोट भएको छ ।

संसद भवन नजिकैको बिजुलीको पोलमा दुई जनाले ग्याँस सिलिण्डर पड्काएका हुन् । प्रहरी स्रोतका अनुसार तीनकुने, मीनभवनतर्फबाट दुई जना स्कुटरमा आएर उक्त बम पड्काएका हुन् । उनीहरुले सिरकले बेरेर ल्याएको ग्याँस सिलिण्डर बम राखेको केही क्षणपछि विस्फोट भएको हो । बम राखेपछि फरार भएका दुई जनाको खोजी जारी राखिएको बताइएको छ । विस्फोटनबाट नजिकैका तीन वटा घरको सिसा फुटेको बताइएको छ ।

आजै राति दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ । तुलसीपुर–५ सल्यान रोडमा रहेको गिरीको घरको पर्खालभित्र दुई वटा पेट्रोल बम प्रहार भएको बताइएको छ । पछि प्रहरीले दुई वटा बोतलभित्र मट्टीतेल हालेर प्रहार गरिएको पत्तो लगाएको छ ।

हेटौंडामा अहिले बिहान शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–७ र ८ को सीमाना नजिकै प्रेसर कुकरमा तारले बाँधेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको हेटौंडा प्रहरीले जनाएको छ ।

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६