खेलकुद

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो



काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय पारी खेले । देवदूत पाडिकले ४८ रन जोडे ।

दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले दुई/दुई विकेट लिए । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । दिल्लीका मिचेल मार्शले ८९ रन तथा डेभिड वार्नरले अविजित ५३ रनको अर्धशतकीय पारी खेले ।

राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्कका साथ राजस्थान तेस्रो स्थानमा छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६