ब्रेकिंग न्युज

कपिलवस्तुमा आचार संहिता पालना संतोषजनक रहेको दावि कै बीच वडाध्यक्षले वाड्दै गरेको मदिरा बरामद




बिकास थापा
कपिलवस्तु २९ बैशाख । बैशाख ३० अर्थात भोली हुने स्थानिय तहको निर्वाचनको तयारी कपिलवस्तुमा अन्तिम चरणमा पुगेको छ । महाराजगञ्ज नगरपालिका बाहेक अन्य सबै ९ वटै पालिकामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्मा सापकोटाले बताउनु भएको छ । उहाका अनुसार सबै मतदान केन्द्रहरुमा मतदान अधिकृतहरु ,मतपेटिका ,मतपत्रहरु पुगेका छन । एकातर्फ मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ भने अर्को तर्फ मतदाता परिचय पत्र वितरण भईरहेको जानकारी दिनुभयो । यसगरि मतदानको स्थलको सुरक्षा तयारी र मतदातको सेवासुविधा ब्यवस्थापनको काम भईरहेको छ ।
यता आचारसंहितामा यस पटक छिमेकी जिल्लाको तु्लानमा कपिलवस्तुमा राम्रो पालना भएको सापकोटाले दाबी गर्नुभएको छ । मौन अवधिको क्रममा अनुगमन गर्न जादा जुलुस प्रर्दशन केही छैन शान्त बातावरण भईरहेको प्रमुख निर्वाचन अधिकृत सापकोटाको भनाई रहेको छ ।यस्तै मदिरा लिएर गाडी हिडेको खबर पाउने बित्तिकै त्यहा पुगे लगत्तै गाडीलाई नियन्त्रणमा लिएको बताउनुभयो । यस्तै मतगणना कार्यलाई प्रभाबकारी ढंगमा जति सक्दो छिटो नजिता सार्वजानिक गरिने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताउनु भएको छ ।
यता जिल्लामा रहेका २३५ मतदान स्थलमा ४६८ मतदान केन्द्र रहेको छन । जसमा २३३७ जना कर्मचारी र १४०४ जना स्वयसेवक नियुक्त गरि परिचालन भएको बताउनुभयो । संगै सोही अनुपातमा सुरक्षाकर्मी परिचालन भएको उहाको भनाई छ । उता कांग्रेसको तर्फबाट कपिलवस्तुको महाराजगंज नगर पालिकाको उपमेयरका उम्मेदवार बनेकी शोभावति कुर्मीको मृत्यु भए पछि स्थगित भएको निर्वाचन जेठ ३ गते हुने भएको छ । मतदान भने जेठ ३ गते हुने निर्वाचन अधिकृतको कार्यालयले सुचना जारी गरी जानकारी गराएको छ ।
यता कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले मदिरा बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ । उनी गत निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६