खोज–अनुसन्धान

कपिलवस्तुमा बहुपक्षिय प्रतिस्पर्धाको यस्तोछ अवस्था : मुख्य टक्करमा तीन पार्टी




भेषराज पाण्डे
कपिलवस्तु २९ बैशाख । यसपालीको स्थानीय चुनावामा कपिलवस्तुका अधिकांस पालिकामा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । गत स्थानीय चुनावमा सबैभन्दा धेरै पालिकामा चुनाव जितेर पहिलो भएको नेपाली कांग्रेसले यतिबेला अधिकांस पालिकामा एमाले र जसपासंग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।केहि पालिकामा माओवादी केन्द्र र एकिकृत समाजवादी समेत कांग्रेससंग प्रतिस्पर्धामा उत्रिएका छन्
कपिलवस्तुका १० पालिका मध्ये कांग्रेस र एमालेको सिधा प्रतिस्पर्धा भएका पालिकाहरुमा वाणगंगा , बुद्धभूमी र महाराजगंज मात्र रहेका छा् । बाणगंगामा कांग्रेस इतरको सत्ता गठबन्धन बनेपनि टक्कर दिने खालको प्रतिस्पर्धामा देखा परेको छैन । फलस्वरुप मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीच हुने भएको हो । बुद्ध भूमीमा पनि कांग्रेस र एमाले बीच नै मुख्य प्रतिस्पर्धा रहेको छ । जसपाले सम्मान जनक मत पाउने भएपनि मुख्य प्रतिस्पर्धामा देखा परेको छैन । महाराजगंजमा एमाले कांग्रेस बीच नै मुख्य प्रतिस्र्धा रहेको पाइएको छ । ,
यसैगरी शिवराजमा एमाले जसपा र कांग्रेस बीच प्रतिस्पर्धा हुने भएको छ ।प्रतिस्पर्धामा राप्रपा समेत आउने देखिएको वताइन्छ । बिजय नगरमा पनि यस्तै त्रिपक्ष्ािँय प्रतिस्पर्धा देखा परेकोछ । एमालेसंग कांग्रेस र जसपाले प्रतिस्पर्धा गर्दैछन् । कृष्णनगरमा भने अवस्था अलि फरक छ त्यहा त्रिपक्षिय प्रतिस्पर्धा छ तर जसपाको स्थान माओवादीले लिएको छ । एमाले कांग्रेस र माओवादी बीच प्रतिस्पर्धा हुने भएको छ । कपिलवस्तु नगरपालिकामा एमाले कांग्रेस र जसपा बीच मुख्य टक्कर देखा परेको छ ।
यस्तै यशोधरामा एमाले कांग्रेस , जसपा र राप्रपा बीच प्रतिस्पर्धाहुने भएको छ । मायादेवीमा जसपा कांग्रेस एमाले,माओवादी र एकिकृत समाजवादी उत्तिकै प्रतिस्पर्धी देखिएका छन् । शुद्धोधनमा भने जसपा कांग्रेस ,माआवादी र एमाले बीच प्रतिस्पर्धा देखिएको छ ।
यसरी हेर्दा एमालेले सुनिश्चित जित्ने दाबी गरेका बाणगंगा, बिजयनगरर कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिका रहेका छन् । बुद्धभूमी नगरपालिका ,कृष्ण नगर नगरपालिका,मायादेबी र यशोधरा गाउँपालिका कांग्रेसले सुनिश्चित जित्ने पालिकामा राखेको श्रोतको दाबीछ ।जसपाले मायादेबी शुद्धोधन र कपिलवस्तु नगरपालिकामा सुनिश्चित जित्ने दावि गरेकोछ।एकिकृत समाजवादीले मायादेवी जित्नेमा राखेको छ । माओवादीले कृष्णनगर सुनिश्चित जित्ने दाबी गरेकोछ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६