प्रदेश

‘सूर्य’ चिन्हमा मतदान गर्न एमाले अध्यक्ष शर्माको अपील



कपिलवस्तु २७ वैशाख
नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले आसन्न स्थानीय निर्वाचनमा ‘सूर्य’ चिन्हमा मतदान गर्न जिल्लाका आम मतदाता समक्ष अपील गर्नुभएको छ ।मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष शर्माले नेकपा (एमाले)का उम्मेद्वारलाई अध्याधिक बहुमतले विजयी गराउन सूर्य चिन्हमा मतदान गर्न अपील गर्नुभएको हो ।
विज्ञप्ती मार्फत शर्माले जिल्लाका सबै मतदाताहरुलाई उत्साहपूर्वक मतदान प्रकृयामा सहभागी हुन आह्वान गर्दै निष्पक्ष, भयरहित र शान्तिपूणर् वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पुर्‍याउन समेत सबैसँग अपील गर्नुभएको छ ।
शर्माले जिल्लाका ६ नगरपालिका, ४ गाउँपालिका र ९६ वटै वडामा एमालेका सूर्यध्वजा वाहक उम्मेद्वारहरुलाई विजयी गराउन मतदातातालाई अपील गर्नुभएको छ । ‘एमालेको तर्फबाट जिल्लाका पालिकाहरुमा उम्मेद्वारी दिनुभएका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सम्पूणर् सदस्यका प्रत्यासीहरुलाई आफ्नो अमूल्य मत दिएर समृद्ध गाउँ नगर निर्माणमा महत्वपूणर् योगदान गर्नुहुन अनुरोध गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।विज्ञप्तीमा आगामी ५ वर्षभित्र जिल्लाका सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउने उल्लेख गरिएको छ ।‘हाम्रा गाउँ नगरमा सताब्दीयौंदेखि ब्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कूप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलको अन्त्य गर्ने सङ्कल्प नेकपा (एमाले)ले लिएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो मूल ध्येय भनेकै ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यस ध्येयलाई साकार पार्नका निमित्त आर्थिक विकासका क्षेत्रमा, आधुनिक भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा, ग्रामीण तथा शहरी पूर्वाधार विकासका क्षेत्रमा र शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइका क्षेत्रमा मात्र होइन,रोजगारी, सामाजिक सुरक्षा, संरक्षण तथा रूपान्तरणलगायतका क्षेत्रहरूमा समेत मानव जातिले सयौं वर्ष लगाएर हासिल गरेका उपलब्धिहरू हामीले एक दशकभित्रै हासिल गर्ने अठोट लिएको छौं ।शर्माले विकास र सुशासनलाई तीब्र गतिमा अघि बढाउने भिजन, नीति र कार्यक्रम एमालेसँग मात्रै रहेको जिकीर गर्दै तीनै तहमा एमालेका सरकार निर्माण नभई देश विकासको नयाँ युगमा प्रवेश गर्न नसक्ने ऐतिहासिक तथ्यहरूले समेत प्रष्ट पारिसकेको समेत विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
नेकपा (एमाले) विगतमा सरकारमा रहँदा कृषि र औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि, भौतिक पूर्वाधार निर्माण, व्यापक रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार, सामाजिक न्याय, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल र नेपालीको सम्मान अभिबृद्धिका क्षेत्रमा अभूतपूर्व र साहसिक सोंच एवम् भिजन, योजना, कार्यक्रम, परियोजना र सुधारका अभियानहरूको कार्यान्वयन आत्मविश्वासका साथ आरम्भ गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना, सबै बालबालिकालाई गुणात्मक शिक्षा, निरोगी नेपाल, स्वास्थ्य बीमा कार्यक्रम, सबै पालिकामा कम्तिमा १५ शैय्याको अस्पताल निर्माण, अस्पतालहरूको स्तरोन्नति, कडा रोगको निःशुल्क उपचार र आधारभूत औषधीहरू निःशुल्क उपलब्ध गराउने कार्यक्रम, बाल विकास कार्यक्रम, दिवा खाजा कार्यक्रम, आदिवासी, जनजाति, दलित र मानव विकास सूचकाङ्कमा पछि परेका परिवारका विद्यार्थीहरूलाई नर्सिङलगायतका प्राविधिक शिक्षा र उच्च शिक्षासमेत निःशुल्क उपलब्ध गराउने कार्यक्रम र छात्राहरूलाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने योजना तथा कार्यक्रमहरू लगायत जनता आवास कार्यक्रम, जनताको तटबन्ध कार्यक्रम, फुसको छानालाई जस्तापाताले विस्थापन गर्ने कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, तराई-मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम, सघन सहरी कार्यक्रम, समृद्धिका लागि वन कार्यक्रम र अर्गानिक नेपाल लगायतका बृहत् रूपान्तरणकारी योजना तथा कार्यक्रमहरूलाई निरन्तरता दिन तीनै तहको सरकारमा एमालेको अपरिहार्यता रहेको जनाउदै सम्पूणर् मतदातालाई नेकपा (एमाले) पक्षमा मतदान गर्न आह्वान गरिको नेकपा (एमाले) जिल्ला प्रचार विभागले जनाएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६