खेलकुद

आईपीएलमा कोलकाताले मुम्बईलाई ५२ रनले हरायो



इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ ।

गएराति भएको खेलमा काेलकाताले दिएको दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय पारी खेले । काेलकाताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काेलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । काेलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन जोडे ।

मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए । जितसँगै काेलकाताले १२ खेल १० अङ्क जोडेको छ । काेलकाता अङ्क तालिकाको सातौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कसहित पुछारमा छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६