अर्थ-वाणिज्य

कृष्णनगर भ्रष्टाचारको दलदलमा फसेकाले मुक्त गर्न उम्मेदवारी : कुनाल



बिकास थापा
कपिलवस्तु २६ बैशाख ।कृष्णनगर बजार कोईलाबस बन्ने परिस्थितीमा आएको एमालेबाट कृष्णनगरका मेयर पदका प्रत्यासी कुनाल प्रताप शाहले बताउनुभएको छ । बुद्ध आवाज टेलिभिजन संग कुराकानी गर्दै उम्मेदवार शाहले कृष्णनगरको अस्तित्व हराउने चरणमा रहेको र हरेक क्षेत्रमा भ्रष्टाचार बढेको भन्दै यसलाई हटाउन उम्मेदवारी दिएकोले बताउनुभएको छ । यस क्षेत्रको बिकास र यहा रहेका ब्यवसायी उद्यगीहरुको पक्षमा काम गर्ने र योजना लिएर मात्र पालिकामा आउने प्रयास गरेको उहाको भनाई छ । कृष्णनगरको सडक सुधार गर्न आवश्यक रहेको भन्दै पछिल्लो समय सडककै कारण बजारमा समस्या ,ब्यापारीहरको आर्थिक स्थिर कमजोर बन्दै गएको बताउनुभयो ।
उद्योग कलकारखाना बढि रहेको हुनाले रोजगारिको अवसर सिर्जना गर्न धेरै सकिने भन्दै यसका लागि बिशेष रणनिति बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो । आफ्नो पहिलो प्राथमिकतामा शिक्षा ,स्वास्थ्य ,सडक पूर्बाधार बिकास रहने जानकारी गराउनुभयो । अब कृष्णनगरको बिकास एमाले सरकारले मात्र गर्ने बताउदै धर्मको नाममा भोट नगर्न मतदातालाई सुझाब दिनुभयो । जो संग राम्रो भिजन छ सोही ब्यक्तिलाई सोचेर मात्र भोट दिन अपिल गर्नुभयो ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल