जीवनशैली

विजयनगरको सुन्दर भविस्य थापा बाट मात्र सम्भव: स्थानीयबासी



कपिलवस्तु, २५ वैशाख ।विजयनगर गाउँपालिकामा नेकपा एमालेले घरदैलो अभियानलाई तीव्रता दिएकाे छ । एमालेले शनिबार वडा नम्बर १ मा घरदैलो अभियान सम्पन्न गरेकाे छ ।सयाैँ जनताकाे सहभागीतामा घरदैलो कार्यक्रम गरिएको वडा कमिटीले जनाएको छ ।गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गाेपाल बहादुर थापाले सुर्य चिन्हमा मतदान गर्न अनुरोध गर्दै वडा नम्बर १ मा ५ वर्षे कार्यकालमा स्थानीयबासीलाई महसुस हुने गरि विकास गरेकाे बताउनुभयो । निवर्तमान अध्यक्षसमेत रहेका थापाले सडक स्तरउन्नतिदेखि पिपिसि, आरसिसि, पक्की पुल, कल्भर्ट, हाेमस्टे, झाेलुङ्गे पुल लगायत स्वास्थ्य, शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेकाे बताउनुभयो । उहाँले जवाबैराठलाई बाख्रा पकेट क्षेत्र बनाउने गाउँबासीलाई आश्वासनसमेत दिनुभयो । वडाकाे मुख्य सडक कालाेपत्रे बनाउने उहाँले बताउनुभयाे । उहाँले जवाबैराठलाई पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्नुपर्नेमा जाेड दिनुभयो ।यस्तै उपाध्यक्ष अध्यक्ष पदकी उम्मेदवार लक्ष्मी कुमारी चाैधरीले महिलाहरुकाे उत्थानका लागि राेजगारमुलक कार्यक्रम लागु गर्ने बताउनुभयो । उहाँले सीपमुलक र उत्पादनमुलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।कपिलवस्तुको विजयनगर सुन्दर भविस्य नेकपा एमाले अध्यक्ष पदको उम्मेदवार थापा बाट मात्र सम्भव रहेकोे स्थानीयले बताएका छन् । विहिवार गाउँपालिकाको वडा -७ मा चुनावी अभियानमा मत माग्न पुगेका थापालाई मतदाताहरुले तपाई बाट मात्र विजयनगरको सुन्दर भबिस्य सम्भव रहेकोेले पालिका अध्यक्षमा पुनः आउनु हुनेछ , जसका लागि हामी सबै को साथ र सहयोग रहेकोले विजय सफल रहेकोे बताएका छन् ।

स्थानीय प्रजापति थारुले वडा नम्बर १ मा हरेक क्षेत्रमा सराहनीय कार्य भएकाे बताउनुभयो । उहाँले सबैभन्दा विकट क्षेत्रमा नेकपा एमाले नेतृत्व स्थानीय सरकारले प्रशंसनीय कार्य गरेकाे बताउँदै फेरि पनि विकास र समृद्धका लागि थापालाई जिताउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो; “हामी खुसी छाैँ, पहिलेकाे तुलनामा धेरै काम भएकाे छ, सबैलाई सहज भएकाे छ” विकट मानिएकाे क्षेत्र सुगम भएकाे उहाँले बताउनुभयो । उहाँले थप्नुभयाे “सुर्यमा भाेट हाल्छाैँ, अध्यक्ष थापालाई नै विजयी बताउँछाैँ ” ।यस्तै जानकी पन्थीले गरिबकाे पार्टी एमाले भएकाेले सबैले सुर्य चिन्हमा भाेट हाल्नुपर्ने बताउनुभयो । उहाँले ५ वर्षको समयमा विजयनगरमा अन्य पालिका भन्दा अब्बल काम भएकाे बताउँदै विकासका निम्ति फेरि पनि एमालेकाे स्थानीय सरकार ल्याउन आवश्यक रहेकाे बताउनुभयो । उहाँले विजयनगरमा अध्यक्षमा थापाकाे विकल्प नभएको दाबीसमेत गर्नुभयाेविजयनगरका जनताले गत निर्वाचनमा विश्वास गरेर जिताएका थिए जुन विकासको ढोका खोल्नु भएकोमा गर्व गर्छौ । अगामी दिनमा पाउने अवसरलाई सहि सदुपयोग गरि गाउँपालिकाको कायापलट गर्नु हुनेछ हामी सबैको पुर्ण विश्वास छ स्थानीयले भने ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६