राजनीति

प्रदेशकै नमुना पर्यटकिय केन्द्रको रुपमा राजापानिलाई विकास गछौं : मेयरका प्रत्यासी अर्याल



कपिलवस्तु, वैशाख २५
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले राजापानिलाई गुरु योजना अनुरुप कार्य सम्पादन गर्दै प्रदेशकै नमुना पर्यटकिय केन्द्रको रुपमा विकास गरिने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले राजापानि क्षेत्र पर्यटकका लागि अहिले पनि आकर्षकको केन्द्र बनेको चर्चा गर्दै आगामी दिनमा स्थानिय जनताको आर्यआर्जनसंग जोडदै राजापानि क्षेत्रको विकासमा नगरले जोड दिने स्पष्ट पार्नु भयो । अर्यालले वडा भित्र रहेको जवाई मुलसंग जोडेर नहर निर्माण गर्ने कार्य सम्पन्न गर्ने दावी गर्नु भयो । अर्यालले नगर भित्र देखा परेको सुकुम्बासी समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । अर्यालले सबै जात जाती वर्ग समुदायको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको चर्चा गर्दै थारु संस्कृतिलाई संरक्षण गर्न राजापानीमा प्रस्तावित थारु संग्राहलयलाई पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरपालिकाको वडा नं. ३ को सिउटी, कर्मना लगायतका बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले रोजगारी वृद्धिका लागि जल, जंगल र जमिनमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, सिचाईको उचित प्रबन्ध गर्ने, कृषकलाई प्रोत्सान गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने, वार्डका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उपमेयरकी प्रत्यासी रिता थारुले महिला स्वस्थ्य स्वयमसेविकालाई उनीहरुको कार्य सम्पादनको आधारमा प्रोत्साहन गर्ने र महिला तथा बालबालिकालाई निशुल्क ओपिडी ब्यवस्था गर्ने बताउनु भयो ।
घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. ३ का अध्यक्षका प्रत्यासी सन्तराज रौतार (थारु) ले वडा भित्र कृषि , पशु सेवा केन्द्र , वडा प्रहरी कार्यालय लगायतका भौतिक पूर्वाधारमा आफुले उचित ध्यान पुर्‍याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । वडा अध्यक्षका प्रत्यासी थारुले सडकका दुवै साइडमा सडक वत्ति जडान गर्ने, वडाका सबै टोल बस्तीमा शुद्ध पानिको ब्यवस्था गर्ने , वडा भित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले नेता मित्रलाल शर्मा, गोपाल ज्ञवाली वडा नं. ३ का वडा सदस्यका उम्मेद्वार बाबुराम आचार्य, चन्द्रावती थारु, गंगादेवी सुनार, सोमनाथ राना लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. ३ को निर्वाचन परिचान कमिटीले जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६