प्रदेश

मेयरका प्रत्यासी अर्याललाई प्रश्न गर्ने ठाउ नै भेटाएनन्




कपिलवस्तु, २५ वैशाख ।स्थानीय तह चुनावमा उठेका वाणगंगाका मेयर र उपमेयरलाई जनताका सामु राखेर खरो प्रश्नले दह«ो गरि सेक्ने जेसिजको ककस कार्यक्रममा एमालेवाट निर्वाचित निवर्तमान उपमेयर एवम यसपालीका मेयरका प्रत्यासी चक्रपाणी अर्यालाई सहभागिले प्रश्न सोध्ने ठाउ नै भेटाएनन् । प्रत्यासी अर्यालले आफ्नो धारणा राख्दै आफूले उपमेयर भएर गरेको काम सायदै नेपालमा अरुले गर्न सके होलान भन्दै विगतमा गरेका कामका उपलब्धी र हुन सकेका कामको कारण समेत खुलाएका अर्याललाई सहभागिवाट एउटा पनि प्रश्न आएन । सायदै उहाले गरेका काममा कुनै विवाद वा कमी नभएरै यसो भएको होला सहभागि विकास गुरुङले वताउनु भयो । सोहीअवसरमा वोल्दै आर्यालले बाणगंगाको विकासलाई खोट लागाउनु नपर्ने बताउनु भएको छ । उहाँले आगामि निर्वाचनमा विकासका मोडल अझै राम्रा र परिर्वतित रहेको जिकिर गर्नु भएको छ ।आसन्न वैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कपिलवस्तु जेसिजले शनिबार चारनम्बर चोकमा राखेको ककस कार्यक्रममा बोल्दै नगर प्रमुखका प्रत्यासी अर्यालले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट प्रमुखमा र आफु उपप्रमुखमा निर्वाचित भएपनि विकास निर्माणका कार्य राजनीतिक सद्भावका कारण मात्र सम्भव रहेको बताउनुभयो
अर्यालले निर्वाचनका बेला मात्र राजनीतिक दलको प्रतिनिधिको रुपमा अगाडि आएपनि निर्वाचित भएपछि सबै नगरवासीको साझा प्रतिनिधी बनेर जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्य राजनीतिक दलका उम्मेद्वारहरुले विकासको दृष्टिले बाणगंगा पछाडी रहेको बताएका थिए भने एमालेका उम्मेद्वार अर्यालले बाणगंगा अन्य स्थानीय तहको तुलनामा विकसित रहेको बताउनुभएको थियो । अर्यालले बाणगंगाले आफ्नो पहिचान प्रदेश तथा संघीय सरकारमा पनि बताएको बताउदै अझै चौतर्फी विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।आफु उप प्रमुख हुंदा नगरको पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न क्षेत्रमा विकास गरेको बताउदै त्यसलाई पुर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।?रउश्र
अघिल्लो बर्ष बसपार्क, फोहोरमैला ब्यबस्थापन तथा बसपार्क जस्ता महत्वपुर्ण विकासका कार्य प्रतिवद्धता पत्रमा भएता पनि यसको दिगोपनका साथ आफु निर्वाचित भएपछि पुरा गर्ने बताउनुभयो । मेयरका उम्मेद्वार अर्याललाई सहभागीबाट कुनै पनि प्रश्न आएका थिएनन् ।त्यस्तै उपमेयरकी उम्मेद्वार रीता थारुले विभिन्न कारणले पछाडी परेका महिलाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक लगायतका विभिन्न क्षेत्रमा अगाडि ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा विभिन्न सामाजिक संघ संस्था, सहकारी, वित्तिय संस्थाहरुमा कार्य गरेको अनुभव रहेकाले नगरका हरेक नागरिकको आवश्यकता र माग अनुसार अगाडि बढ्ने बताउनुभयो ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६