खोज–अनुसन्धान

दशौं यौनाट महोत्सवले राजापानीमा रौनकता थप्यो



सरिता थारु
कपिलवस्तु ४ चैत्र । आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी कपिलवस्तुका विभिन्न संघ संस्थाल पनि आज फागु अर्थात् होली पर्व मर्नाएको छ । होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम समेत आयोजना गरेका छन् । सोहि क्रममा कपिलबस्तुका मगर समुदायले हाम्रो भाषा, भेषभुषा, कला संस्कृती परम्परा हाम्रो पहिचान , पुर्ण हक अधिकार सहितको समावेशी र सम्बृद्ध राष्ट्र निमार्ण हाम्रो अभियान भन्ने नारा सहित १० औ यौनाट महोत्सव धुमधामका साथ मनाएका छन्।

कपिलवस्तुको वाणगंगा नगरपालिका ३ राजापानीमा १० औ यौनाट महोत्सवमा नगर उपप्रमुख चक्रपाणी अर्यालले बोल्दै लक्षित बर्ग आदिवासी जनजाति, मधेसी, पिछाडिएका बर्गहरुका भेषभुषा, कला सँस्कृतिहरुलाई सधै बचाईमा राख्न नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर भित्र रहेका विभिन्न जातजातीका कला संस्कृती नगरपालिकाको सम्पत्ती रहेको बताउदै कला र संस्कृतिलाई जोगाई राख्न सम्पूर्ण आग्रह समेत गर्नुभयो । आधुनिक संस्कृतिको जगजगी भएका बेला पुरानो संस्कृती र परम्परा टिकाउनु ठूलो उपलब्धि भएको उहाँको भनाइ रहेको थियो

यस्तै कार्यक्रममा बोल्दै नेपाल मगर संघका जिल्ला अध्यक्ष मोहन सिंजालीले सबैलाई एउटै रङगमा रङगाउने होली पर्ब समानाता र सद्धावको प्रेरणाको श्रोत भएको बताउनुभयो । यसैगरी सोही कार्यक्रममा नेपाल मगर सघं लुम्बिनी प्रदेश सदस्य कुल बहादुर सोमै, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, वडा नम्बर ३ र ४ का वडा सदस्य सरिता देवि ढकाल, विष्णु थापा मगर लगाएतले आधुनिकताको नाममा मौलिकता हराउदै गएको र बढदै गएको विकृति विसंगतिले संस्कृति नै हराउन सक्ने भएकोले संरक्षण सम्बद्र्धनमा सबै एकजुट हुनपर्ने धारणा राख्नुभयो ।

नेपाल मगर संघ संयुक्त इकाई समिति वडा नम्बर ३ र ४ ले आयोजना गरेको कार्यक्रममा बिभिन्न मगर आमा समुहहरुले कलश यात्रा सहित झाकी प्रदर्शन गर्नुका साथै जिओई मामा गित र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा महिलाहरुलाई कुर्ची दौड प्रतियोगिता, बालबालिकाहरुका लागि मिठाई रेस, युवाहरुका लागि भलिबल र जेष्ठ नागरिक तथा भुपु सैनिकहरुका लागि बास्केट बल प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसमा प्रमथ, द्धितिय र तृतीय हुनेलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रम नेपाल मगर संघ संयुक्त इकाई समिति वडा नम्बर ३ र ४ का इन्चार्ज हेम बहादुर गाहाको अध्यक्षता र मुक्त पुलामी मगरको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६