अन्तर्वार्ता

निरन्तरताको अध्याय १२ औं कपिलवस्तु महोत्सवः निर्देशक छवि रेश्मी (कुराकानी)




हरि घिमिरे, ०३ चैत्र ।
१२ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आज (बिहिवार) ३ गते देखि चैत्र १३ गते सम्म वाणगंगा नगरपालिकाको बुद्धरंगशालामा संचालन हुदैछ । २०६५ सालमा पहिलो पटक तत्कालिन कपिलवस्तु व्यापार संघले आयोजना गरेर संचालन हुदै आएको कपिलवस्तु महोत्सवको अहिले १२ औं संस्करणको रुपमा संघले उद्घाटन गर्दै छ । ११औं बर्षसम्मको अनुभव बटुलिसकेको र संस्थागत विकास भइसकेको बिश्वास छ । महोत्सवको संचालनको योजनाबारे १२ औं कपिलवस्तु महोत्सवको आयोजक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवं निर्देशक छवि रेश्मीसंग प्रेस पाटिले गरेको संक्षिप्त कुराकानी ।
१२ औं कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी किन र के का लागि ?
कपिलवस्तु महोत्सवलाई हामीले प्रदेशकै पहिचान र विकाससँग जोडेर हेरेका छौं । यो महोत्सवले समग्र प्रदेश तथा कपिलवस्तु जिल्लाको स्थानीय उत्पादन र बजारीकरणलाई प्रवर्धन गर्नु हो । साथै यहाँका ऐतिहासिक, धार्मिक स्थलहरुको प्रचार प्रसार, कला, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने कार्यमा पनि महोत्सवले टेवा पुग्नेछ भन्ने सन्देश दिन चाहन्छौं । कपिलवस्तु जिल्ला शान्ति क्षेत्रको मुहान र यसलाई बढावा दिन र विभिन्न जातजाती बिच सद्भाव कायम गर्नपनि १२ औं कपिलवस्तु महोत्सवलाई निरन्तरता दिएका छौं । यसले स्थानीय कृषि उत्पादन, उद्योग, व्यापार व्यवसाय, महिला उद्यमीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, विक्री वितरण र बजारीकरणमा समेत टेवा पुग्नेछ । अर्को कुरा कपिलवस्तु महोत्सवको शुरुवात जिल्लामा तत्कालिन कपिलवस्तु व्यापार संघ हालको कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको हुँदा त्यसको पनि निरन्तरताको अध्याय हो ।
महोत्सवका मुख्य आकर्षण के हुन् ?
महोत्सवका विभिन्न आकर्षणहरुमध्ये स्वागतद्धार र स्टेज विशेष रहेका छन् । महोत्सवका मुख्य आकर्षणहरुमा स्थानीय कृषिजन्य वस्तु, हस्तकला, मौलिक कला, संस्कृति, शैक्षिक एवं विभिन्न वस्तुहरुको प्रदर्शनी रहेका छन् । कृषीलाई प्राथमिकता दिदै यही महोत्सव स्थलबाट विभिन्न जातका बिरुवा बितरण गर्ने योजना समेत हामीले बताएका छौ । मेलाको अर्को आकर्षणको रुपमा कपिलवस्तुका धार्मिक, पुरातात्विक स्थलहरुको प्रचार प्रसार र प्रदर्शनी रहेको छ । कपिलवस्तु डान्स आइडलबाट स्थानीय प्रतिभा प्रस्फुटन गरी कलाकारको खोजी र प्रोत्साहन गर्नु रहेको छ । कपिलवस्त महोत्सवमा डान्स आइडल बिजेतालाई एक लाख एघार हजार एक सय एघार नगद पुरस्कार दिदैछौ । यसपटक प्रविधिलाई बढावा दिने हेतुले मेला अवधिभर फ्रि वाईफाईको व्यवस्था मिलाएका छौं । शान्ति सुरक्षालाई मध्यनजर गरी सीसी क्यामराको व्यवस्था र सम्पर्क समन्वयलाई प्रभावकारी बनाउन नेपाल टेलिकमको मोबाइल टावरको व्यवस्था मिलाएका छौं । दर्शकहरुका मनोरञ्जनका लागि ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथै डान्स ग्रुपको बेजोड प्रस्तुति रहनेछ । साथै मनोरञ्जनका रुपमा बालउद्यान, झुला, पिङ लगायत मुख्य आकर्षण रहेका छन् ।
महोत्सव राम्रो बनाउन ध्यान जान्छ कि, रकम बचाउन ?
महोत्सव राम्रो बनाउन कुनै कसुर बाकी राख्दैनौ, महोत्सव राम्रो बनाउन घाटानै लाग्ने भएपनि लागोस तर महोत्सव रकम अभावले नराम्रो हुदैन । यद्यपि बिगत भन्दा हामीले यो साल धेरै मेहेनत गरेका छौ, खर्च ब्यवस्थापनमा निकै राम्रो छ ।
अन्त्यमा ?
अन्त्यमा सम्पूर्ण संचारकर्मी, उद्योगी व्यापारी, कृषक, विद्यालयका प्रधानाध्यापक, राजनैतिक दल, यस क्षेत्रका प्रभुत्व व्यक्तित्वहरु एवं यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरु महोत्सव स्थलमा आई अवलोकन तथा सुझाव सल्लाह र सहयोग गरिदिनुहुन चुले निम्तो दिन चाहन्छु ।

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६