बागमती

वाग्मती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने



मकवानपुर ४ फागुन : वाग्मती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो। बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रमको गर्नुका साथै हरेक दिन दीपावली गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।

बैठकले मुख्यमन्त्री पाण्डे संयोजक रहने गरी आयोजक मूल समारोह समितिसमेत गठन गरेको छ। समितिको सदस्यमा प्रदेशका सबै मन्त्रीहरु, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा पत्रकार महासंघ वाग्मती प्रदेश समिति रहेका छन्। ६ गते सार्वजनिकस्थल सरसफाइ, ७ गते साइकल र्‍याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झण्डोत्तोलन गर्ने कार्यक्रम तय गरिएको छ। तीन दिनै दीपावली गरिनेसमेत प्रवक्ता शर्माले बताए। सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्ने र प्रचारप्रसारको जिम्मेवारी पत्रकार महासंघ वाग्मती प्रदेश समितिलाई दिइएको छ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६