गण्डकी

प्रदेश स्थापना दिवसको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा



पोखरा ४ फागुन – गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशमा आज बुधबार सार्वजनिक बिदा दिइएको छ । फागुन ४ गते बुधबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७४ साल फागुन ४ गते गण्डकी प्रदेश सरकार गठन भएको थियो । प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।

बुधबार गण्डकीमा सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, एवं शैक्षिक संस्थामा बिदा दिइएको मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६