जीवनशैली

प्रेस चौतारीको नवौ राष्ट्रिय महाधिबेशन पोखरामा :बस्नेत




कपिलवस्तु २ फागुन । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई भव्य र सभ्य रुपले सफल पार्न चौतारीका अध्यक्ष गणेश बस्नेतले देशै भर प्रेस चौतारी आवद्ध पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।यहि आउदो फागुन २७ र २८ गते पोखरामा हुने महाधिबेशन सफल पार्न विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो । फागुन १ गते काठमाण्डौमा बसेको चौतारीको सचिवालय बैठकले महाधिबेशनको मिति तय गरि विभिन्न जिम्मेवारी प्रदान गरेको हो। महाधिवेशनको उद्घाटन फागुन २७ गते ११ बजे नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने छ ।

यस्तै गरि वैठकले संगठनको सबै प्रदेश कमिटीको अधिवेशन आगामी फागुन २१ गते एकै दिन गर्ने निर्णय गरेको छ । यस्तै गरि चौतारीको लुम्बिनी प्रदेशको अधिवेशन फागुन २१ गते दाङमा हुने चौतारीका सचिव भरत के.शी.ले बताउनु भएको छ । बैठकले श्रमजीवी पत्रकारहरुलाई पेशागत दौरानमा आइपर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दे श्रमजीवी पत्रकार कल्याण कोषको स्थापना गर्ने निर्णय गरेको छ । कोष सञ्चालनका लागि आवश्यक निर्देशिका निर्माणको लागि पूर्व अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा समितिको गठन गरिएको छ ।श्रमजीवी पत्रकारहरुको सबैभन्दा ठुलो र अग्रणी संगठनको रुपमा चौतारीलाई लिने गरिन्छ

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६