प्रदेश

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित



काठमाण्डौ, ०६ माघ । लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एकनारायण शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि स्थगन गर्ने र ती परीक्षा तथा फागुन एक गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम कम्तिमा ७ दिन पूर्व सूचनामार्फत पूनःतालिकीकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ । लोक सेवाका अरु कार्यहरु भने यथावत सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६