खेलकुद

क्रिक्रेट संघ कपिलवस्तुकोे अध्यक्षमा गैरे



कपिलवस्तु, ०५ माघ । कपिलवस्तु क्रिक्रेट संघकोे अध्यक्षमा प्रकाश गैरे निर्बिरोध निर्वाचित हुनु भएको छ । संघको तौलिहवामा संपन्न दोश्रो अधिबेशनले गैरको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरहेको हो । गैरे दोश्रो कार्य कार्यकालकालागि पुनःअध्यक्षमा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कृष्ण पौडेलले बताउनु भयो । समितिको उपाध्यक्षमा बिश्वेन्द्र सिंह रावल, सचिवमा अजय शर्मा, कोषाध्यक्षमा पदमराज श्रेष्ठ, रहनु भएको छ ।

। यस्तै समितिको सदस्यहरुमा अरुण कुमार खड्का, राजेश प्रताप शाक्य, दिनेश हमाल, माया ज्ञवाली, चन्द्रकान्त शर्मा, हबिव अहमद खा र रिषिकेश श्रेष्ठ रहनु भएको छ । सो अवसरमा जिल्लाका २ पुर्व क्रिक्रेटरहरुलाई सम्मानित गरिएको थियो । पुर्व क्रिकेटर चर्तुभुज उपाध्याय र लुम्बिनी क्रिकेट संघका प्रेदेश सदस्य कैलाश रोका मगरले पुर्व क्रिकेटर अरुण खडका र हबिव अहमद खालाई दोसल्ला र कदर पत्रले सम्मानित हुनु भएको थियो । पुर्व क्रिकेटर खालाई ज्याकेट समेत प्रदान गरिएको थियो ।

सो अवसरमा नव निर्वाचित अध्यक्ष गैरेले जिल्लाको क्रिकेटको विकासमा आफु लागि पर्ने बताउनु भयो । कपिलवस्तुमा क्रिकेटको क्रेट बढीरहको र खेलाडीहरुले राम्रो गरीरहेको भन्दै उहाँले खेलाडी र खेलका विकासकालागि सक्दो प्रयास गर्ने बताए । सो अवसरमा पुर्व क्रिकेटर शर्माले क्रिकेटको विकासमा समितिले नया योजना सहीत अघि बढनु पर्ने बताउनु भयो । यस्तै प्रदेश सदस्य रोकाले लुम्बिनी प्रदेशमा कपिलवस्तुको क्रिकेटमा रामूो संभावना रहेको बताउनु भयो ।

उहाँले खलाडीहरुलाई प्रोत्साहीत गरी अघि लैजानु पर्ने बताउनु भयो । प्रकाश गैरेको अध्यक्षता र माया ज्ञवालीको संचालनमा भएको कार्यक्रममा पदमराज श्रेष्ठले ४ बर्षे कार्यकालको प्रगति बिववरण प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा निर्वाचन मण्डलका संयोजक कृष्ण पौडल लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६