खोज–अनुसन्धान

लुम्बिनीका कोभिड अस्पतालमा ४ सय ९१ शैय्या : कति छन् हाल उपचाररत ?




बुटवल ५ पुस । पश्चिम क्षेत्रको लुम्बिनी प्रदेश कोभिड संक्रमणको हटस्पट बन्दैछ । कोरोना संक्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशमा कोरोना तेस्रो लहरको तयारी तीव्र पारिएको छ । कोभिड संक्रमण बढ्न थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आपत्कालीन सेवा सुरु गरेको छ । कोभिड बिरामीका लागि छुट्टै भवनमा आपत्कालीन सेवा संचालन गरी त्यहाँ २२ शय्या राखिएको छ । कोभिडका लागि ६० शय्या छुट्याइएको अस्पतालमा २० शय्या आईसीयू कोभिडका बिरामीका लागि छ । हाल अस्पतालमा दैनिक ८ देखि १० जना कोभिड संक्रमितहरू उपचारका लागि भर्ना भएका छन् । तर, परीक्षणका लागि दैनिक १ सयभन्दा बढी बिरामी आउने गरेको र बिरामी बढ्न सक्ने अनुमानमा चिकित्सकीय टोली तयारी अवस्थामा राखिएको मेसु डा. इन्द्र ढकालले बताए । कारोना संक्रमण बढे पनि अहिले खोप कार्डका आधारमा गाडीका गाडी भारतीय पर्यटक तीर्थस्थल र पर्यटकीय स्थल घुम्न आएका छन् ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६