जीवनशैली

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा किन ढुङ्गा प्रहार गरियो त ?



वीरगञ्ज ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको वीरगञ्जस्थित घरमा ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका –१३ तेजारथ टोलस्थित घरमा ढुङ्गा प्रहार भएको हो ।

प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जलाई राजधानी बनाउन भूमिका नखेलेको भन्दै कतिपयले असन्तुष्टि जनाउँदै आएका छन् । विभिन्न समूहले राजधानी तोकिनु अघि पनि वीरगञ्जलाई स्थायी राजधानी बनाउनुपर्ने माग राखेर वीरगञ्जमा प्रदर्शन गरेका थिए ।


वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग राखेर नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले मंगलबार र्‍याली निकालेको थियो । सोही र्‍यालीमा सहभागी एक युवकले मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गरेको प्रहरीको आरोप छ । ढुंगाले लागेर मुख्यमन्त्री राउतको घरको शिशा फुटेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीको घरमा ढुंगा हानेको आरोपमा वीरगञ्ज-१ छपकैया बस्ने २६ वर्षीय सुमन पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । पक्राउ परेका पटेल नेपाली कांग्रेसको र्‍यालीमा सहभागी भएको उनको दावी छ । उनी विरूद्ध आपराधिक उपद्रको मुद्दा दर्ता गर्ने तयारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६