प्रदेश

बाणगंगामा दुई दिने बाली उपचार शिबिर तथा बिषादी सचेतना सञ्चालन, पहिलो दिन ४० कृषक लाभान्वीत ।




हरि घिमिरे, ०४ माघ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.५ को कोपवामा दुई दिने बाली उपचार शिबिर तथा बिषादी सचेतना कार्यक्रम सुरु भएको छ । शिविरको पहिलो दिन ४० जना कृषकले बाली जाँच गराएका छन् भने करिब ४५ भन्दा बढि कृषकले परमर्श लिएका छन् । बाणगंगा नगरपालिका कृषि बिकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आजबाट सुरु भएको हो । कार्यक्रमलाई समुद्घाटन गर्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले कृषि क्षेत्रको बिकास र बिस्तारमाा नगरपालिकाका सदैब तत्पर रहेको बताए । उनले कृषकको माग र आवश्यकता अनुसार यस्ता कार्यक्रमहरु गर्दै नगरलाई कृषि क्षेत्रको नमुनाको रुपमा स्थापित गर्न नगर प्रतिबद्ध रहेको जिकिर गरे । उनले भने “नि शुल्क तालिम भनेर कृषकहरुले वास्ता नगरेको पाईन्छ, यो महत्वपुर्ण कार्यक्रमहो सबैले यसको लाभ लिनुहोस” । यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले कपिलवस्तुको बाणगंगा नगरपालिका देशभरिमै कृषि क्षेत्रको सम्भावना बोकेको नगर भएको बताए । उनले बाणगंगामा उत्पादन भएका खाद्यान्न ७७ वटै जिल्लामा पुगेको बताउदै कृषिको क्षेत्रमा नगरपालिकाको तर्फबाट कृषक लगानीमा कुनै पनि कमी नहुने उनको भनाई छ । बाली उपचार तथा बिषादी सचेतनाले कृषकहरुले उत्पादन गरेका बालीहरुलाई अर्गानिक तथा स्वच्छ उत्पादनमा जोड दिन आवश्यक रहेको औल्याए ।
त्यस्तै कार्यक्रमलाई स्वागत गर्दै नगरपालिकाका कृषि बिकास शाखा प्रमुख लेस बहादुर के.सीले बाली नालीमा लाग्ने रोगको समस्या, समाधानको उपाय, बिषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाईदा बेफाईदा लगायतमा कृषिसंग सम्बन्धित बिबिध जानकारी कृषक समक्ष सम्पे्रषण गर्नु कार्यक्रमको उद्देश्य बताएका छन् ।
मंगलवार र बुधवारहुने कार्यक्रममा कृषकहरुले नमुनाका रुपमा ल्याएका बिभिन्न बाली नालीहरुका समस्यालाई प्रयोगात्मक तरिकाबाट परिक्षण गरिने उनले बताए । त्यस्तै रोगको पहिचान गरि उपचार बिधि समेत बताई कृषकहरुलाई सचेत बनाउने गरि अगाडी बढ्ने केसीको भनाई छ ।
यस्तै कार्यक्रमका अध्यक्ष तथा वडा न.५ का वडा अध्यक्ष भिष्मराज भुसालले पछिल्लो समय बालीनालीमा लाग्ने रोगको संक्रमणबाट बचाउनका लागी प्रयोग गरिने बिषादिको दुरुपयोग भएको बताए । कार्यक्रमा उनले बिषादीको प्रयोग गर्न जानेमा कृषि क्षेत्रमा सोचे जस्तो उपलब्धि हासिल गर्न सकिने तर यसको गलत प्रयोगले मानिसको ज्यान समेत जान सक्ने बताउँदै यस बिषयमा जानेर बुझेर मात्रै प्रयोग गर्न तथा सम्बन्धित स्थानबाट मात्र खरिद गर्न सुझाब दिए । शिबिर तथा बिषादी सचेतनामा कृषि ज्ञान केन्द्र कपिलवस्तुका बाली संरक्षक अधिकृत सत्यराम हरिजनले बाली चेक जाँच गरि कृषकहरुलाई आवश्यक सल्लाह प्रदान गरिरहेका छन् । करिव ५० भन्दा धेरै कृषक सहभागी रहेको शिविर कार्यक्रमको सञ्चालन कृषि अधिकृत धनिराम आर्चायले गरेका थिए ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६