खोज–अनुसन्धान

लुम्विनी प्रदेशका ६० हजारलाई बुस्टर डोज,कुन जिल्लामा कति छन्?




रुपन्देही ४ माघ ।लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई बुस्टर डोज दिन सुरु गरेको छ । प्रदेशका १२ जिल्लामा ६० हजार डोज खोज लगाइदै छ । रुपन्देहीमा सबैभन्दा बढी १६ हजार डोज खोप र रुकुम पूर्वमा अग्रपङ्तिमा रहेर काम गर्ने १५ सय जनालाई खोप लगाउन थालिएको हो । बाँके, कपिलबस्तु र पाल्पा जिल्लामा भने २गते देखि खोप लगाउन सुरु भएको थियो ।३ वाट बर्दिया र दाङमा सुरु भएको छ ।
रुकुम पूर्व बाहेकका अन्य ६ जिल्लामा भोलीबाट बुस्टर डोज लगाउने तयारी छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा भण्डारण गरेको खोप लिन रुकुम पूर्वदेखि अहिलेसम्म नआएकाले त्यहाँ केही ढिलाई हुने देखिएको छ ।अग्रपङ्तिमा खटिनेलाई माघ १४ गतेसम्म खोप लगाउने र त्यसपछि ६० वर्षमाथिका दिर्घ रोगीलाई बुस्टर डोज लगाउने तयारी गरेको स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन कौशल भण्डारीले बताए । लुम्बिनी प्रदेशमा १९ लाख ४२ हजार पाँच सय ६३ जना अर्थात ५२ प्रतिशत जनसंख्याले दोस्रो डोज खोप लगाएका छन् ।
पहिलो डोजमात्र लगाउने ३१ लाख ५७ हजार दुई सय ९७ जना छन् । प्रदेशका अधिकांश स्थानीय तहमा अहिले छुटेकालाई खोप लगाउने अभियान चलिरहेको छ । अझै यहाँ चार लाख डोज खोप भण्डारणमा छ । तर सिरिन्ज अभाव हुँदा खोप अभियान प्रभावित हुँदै आएको छ ।रुपन्देहीको बेलहिया नाकामा आज बेलुकासम्म भएको परिक्षणमा ६९ जनालाई कोरोना संक्रमण देखिएको छ । भारतबाट स्वदेश फर्किएका तीन सय ४६ जनाको एन्टिजेन परिक्षण गर्दा ६९(उनसततरी) जनामा संक्रमण देखिएको हो ।
संक्रमितहरु होम आइसोलेसन बस्ने सर्तमा निजी सवारी भाडामा लिएर गन्तव्य तर्फ लागेका छन् । पछिल्लो समय भारतमा कोभिड संक्रमित तीब्र रुपमा बढेपछि रोजगारी गुमाएर फर्किने नेपाली बढेका छन् । नेपाल घुम्न आएका भारतीयलाई संक्रमण देखिए नेपाल प्रवेशमा रोक लगाइएको छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६