पर्यटन

६० जना क्षमताको सुधारगृहमा ७३ बालबालिका,२ वर्षदेखि मुद्दाको पालो पर्खिँदै




भैरहवा ३ माघ । भैरहवास्थित बाल सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिँदा समस्या देखिएको छ । ६० जनाको क्षमता भएको सुधार गृहमा ७३ जनालाई राखिएको छ । झापादेखि रोल्पासम्म गरी १८ जिल्लाका बालक सुधारगृहमा छन् । धेरै बालक हुँदा उनीहरूलाई रात बिताउन पनि समस्या हुने गरेको छ । बाल सुधारगृहमा खाजा नास्ता, मनोपरामर्श, पठनपाठनको सुविधा पनि नभएको पाइएको छ ।
सुधारगृहकी प्रमुख बाल संरक्षण अधिकृत सुभद्रा गौतमका अनुसार कोभिड–१९ संक्रमण फैलिएपछि आफन्तहरू बालकहरूलाई भेट्न आएका छैनन् । सरकारले थुनुवामा रहेका बालकहरूलाई दैनिक सात सय ग्राम चामल र ६० रुपैयाँ दिन्छ । यसले उनीहरूको दैनिक खर्च धान्नै धौंधौ हुन्छ । पेटभरि खानासमेत उपलब्ध नहुँदा कष्टकर जीवनयापन गरिरहेको सजाय भोगिरहेका बालकहरू बताउँछन् । प्युठान नौबहिनी गाउँपालिकाका रमेश विक (परिवर्तित नाम) ले सुविधाबाट वञ्चित हुँदा आफूसँग सजाय भोगिरहेका धेरै साथीहरू मानसिक रोगी, कान नसुन्ने, आँखा नदेख्ने अवस्थामा पुगेको बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आफूले तीन–चारपटक सुधारगृहको निरीक्षण गरेको र साँघुरो ठाउँमा जबर्जस्त सुविधाविनै बालबालिकालाई राखिएको बताउनुभयो । सुधा गृहमा लागूऔषध, कर्तव्य ज्यान, चोरी, जबर्जस्तीकरणीलगायत मुद्दामा सजाय पाएका र पुर्पक्षका लागि थुनामा बसेका बालकहरू छन् ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६