खोज–अनुसन्धान

एमालेले प्रधानमन्त्रीलाई ११बुद्धामा ध्यानाकर्षण गरायो




काठमाण्डौ माघ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचारका सम्वन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ११बुद्धे ध्यानाकर्षणपत्र बुझाएको छ।पार्टीका उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई ,खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने लगायतको प्रतिनिधि मण्डलले भेटगरी उक्त पत्र बुझाएको हो।पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले तयार गरेको ध्यानाकर्षण पत्रमा सन् २०१९ डिसेम्बरमा चीनको उहान प्रान्तबाट शुरु भएको कोभिड–१९ हाल विश्वभर महामारीका रुपमा फैलिरहेको छ। यसले यो शताब्दीकै उच्च महामारीको रुप लिई जनस्वास्थ्यमा गम्भीर असर परिरहेको उल्लेख छ ।

एमालेले तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले कोभिड–१९ रोगथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउदै सोही अनुसार प्रभावकारी उपचार र रोकथामका काम गर्न आग्रह गरिएको एमाले सचिव एव स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भटराईले जानकारी दिए।एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्रीले प्रतिवद्धता ब्यक्त गरे अनुसार खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको र खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको भन्दै पहिले र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध गराउन आग्रह गरिएको छ।

प्रकाशित : १ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६