खेलकुद

शितगङ्गाको निपानेमा जारी भलिबलको प्रथम उपाधि असुर्कोटलाई ।




अर्घाखाँची २५ पौष

शितगङ्गा नगरपालिका वाड न. २ निपाने सेवा समाज द्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा असुर्कोटले प्रथम स्थान हात पारेको छ। जिल्ला वार्ड स्तरिय भलिबल प्रतियोगितामा १५ टिम लाई हराउदौ असुर्कोट प्रथम भएको हो ।
माघे सक्रान्तीको अबसरपारेर यहिँ २२ गते देखि शितगङ्गा वार्ड न.२ सितापुरमा सञ्चालन भएको भलिबल खेल सनिबार सम्पन्न भएको छ । निपाने सेवा समाजको आयोजनामा अर्घाखाँची वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो । यस्तै प्रतियोगितामा इप्रका ठाडा दास्रो तथा आयोजक ए निपाने तेस्रो भएको छ । १५ टिमको सहभागीता रहेको प्रतियोगितामा शितगङ्गाबाट ७ , सन्धिखर्क, मालारानी, पाणिनी गरि अन्य ८ टिम दर्ता भएका थिए । भलिबलमा प्रथम हुने असुर्कोटले तीस हजार नगद, टफि, मेडल र प्रमाण पत्र प्रप्त गरेको छ । त्यस्तै द्धितिय हुने इप्रका ठाडाले बीस हजार नगद, टफि, मेडल र प्रमाणपत्र हात पारेको छ । तृतीय हुने आयोजक ए निपानेले दस हजार नगद, टफि मेडल र प्रमाणपत्र हात पारेका छन। खेलमा प्रमुख रेफ्रीको भुमिका बिक्रम धर्तीको रहेको थियो भने सहायक रेफ्रीको भुमिका हिम्मत कौशलले निर्वाह गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष तुल बहादुर खडकाको अध्यक्षता, शितगङ्गा नगरपालिका उपप्रमुख टीका रेस्मीको बिशिस्ट आतिथ्यता, वार्ड न २ अध्यक्ष गोवर्धन थापा, इप्रका ठाडाका इन्चार्ज सन्दिप बेल्बासे, नेकपा एमाले नगरकमिटी सदस्य कमलब् प्रसाद घिमिरे, नेपाली काङ्रेस वाडा २ का सभापती राम बहादुर क्षेत्री, राष्ट्रिय युवा संघ नेपाल सितगङ्गा सचिब हरि खनाल, वार्ड २ नेकपा एमाले कमिटी उपाध्यक्ष सुनिल थापा, रेडियो सितगङ्गाका स्टेसन म्यानेजर अराज बेल्बासे, खेलप्रेमि सुरेन सेन ठकुरी, नवीन ओलि स्थानिय कलकार समाजसेवि बुद्धिजिवि स्थानियबासीको आतिथ्यता रहेको कार्यक्रमको सन्चालक प्रदिप खत्रीले गरेका थिए ।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६